ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी - Dastabej

ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी

भारतीय मदिराप्रेमीको रोजाई नेपाली मदिरा


  • दस्तावेज

  • नेपालगन्ज—नेपाल भारत सीमा नेपालगन्जको जमुनाहा नाकामा वारी लहरै दर्जनौ होटेल र मदिरा पसल छन् । ति पसल भने नेपालीहरुलाई लक्षित होईनन् । यहाँका सबैजसो ग्राहकहरु सीमावर्ती भारतीय हुन । नेपाली मदिराका पराखीहरुको जमुनाहा नाकामा दैनिक बिहानदेखि रातिसम्म भिड लाग्छ । उनीहरु सिलबन्दी मदिरा निर्वाधरुपमा प्रयोग गर्छन । कतिपय बोकेर जान्छन् । सीमामा नेपाली मदिराको व्यावार फस्टाएको छ । स्थानीय प्रशासनको कुनै अवरोध छैन । नेपाली मदिराप्रति भारतीयहरुको यति धेरै किन त ? ‘नेपालमा मजाले बसेर पीउन पाईन्छ । शिलबन्दी भएकाले शरीरलाई नोक्सान पुर्याउ“दैन । सस्तो पनि छ नि,’ भारतको रुपैडिहा चकिया रोडबाट मदिरा पीउन जमुनाहा आएका समीर सिंह भन्छन्,‘यहाँ आएर मदिराको मजा लिनु दैनिकी हो । दुई÷तीन क्वाटर प्याकिङ गरेर लैजान्छु ।’
    भारतको बाबागन्जबाटसम्मका मदिरा पराखीहरु टे«न चढेर जमुनाहा आउने गरेको स्थानीय सुनाउँछन् । रुपैडिहा बजार र आसपासका गाउँहरुबाट मदिराका लागि आउनेहरुको संख्या बढी छ । कतिपयहरु बिहानै आई पुग्छन् । भारतमा मदिरा पसलमा कडाई गरिएका कारणले पनि नेपाल आउनेहरुको संख्या बढेको हो । पारी सित्तिमित मदिराको पसल भेटाउनै गाह्रो छ । गाउँभन्दा करिव ५ किलो मिटर टाढा देसी सराब खाना खोलिएका हुन्छन् । जसका कारण मदिरा प्रयोगकर्ताहरुलाई आउजाउमै समस्या हुनेगर्छ । अग्रेगी सराब खानामा सबैको पहुँच नहुन सक्छ । त्यसैले, भारतीय मदिरा प्रेमीहरु नेपाली मदिराप्रति आर्कषित भएका हुन । ‘हामी कहाँ मदिरा प्रयोगकर्तालाई धेरै बेरसम्म बस्न दिदैनन् । मदिरा किन्यो कि भाग्नु पर्छ । अरामले बसेर खानै दिनन्,’ सिंह भन्छन्,‘भारतमा अलि बढी टाईट छ । त्यसैले यता आएर निर्धकका साथ पिउँछौ ।’
    भारतमा मदिरा खरिद गर्दा अनिवार्यरुपमा बस्ने स्थान, नाम र उमेर खुलाउनु पर्छ । अग्रेजी सराब खानामा बुबाको नाम अभिलेख दिनु पर्छ र किनेर हिडि हाल्नु पर्ने नियम छ । त्यहाँ बसेर प्रयोग गर्न पाईदैन । मदिरा बिक्री र खरिद गर्न झन्झटिलो छ । वारी भने बिना परिचय निर्वाधरुपमा प्रयोग गर्न पाईने भएकाले मदिरा प्रयोगकर्ता आकर्षित छन् । ‘भारतमा एक त मदिरा लिन धेरै टाढा जानु पर्छ । आफ्नो र परिवारको पूरा परिचय खुलाउनु पर्छ,’ मदिरा लिन जमुनाहा आएका बाबागन्जका शंकर रैदास भन्छन्,‘हाम्रोतिर निकै लफडा छ, सराब पिउन । जहाँतही पाईदैन ।’
    जमुनाहा नाकामा बढीजसो सस्तो मुल्यका मदिराहरु खपत हुने गरेको छ । नेपालगन्ज र बर्दियाका मदिार उद्योगबाट उत्पादन हुुने कर्णाली, सौफी, एम्बीसन, हिरो डिलक्स, थ्री जी, लिची लगायत ब्राण्डका मदिरा ६० रुपैयाँ नेपालीमा एक पौवा (क्वाटर) बिक्री हुन्छ । त्यस्तै, गोल्डेन वक, लिम्मीया, गोल्डे वक, ब्लु फीन, ब्लु डाईमण्ड लगायतका मदिराहरु तीन सय रुपैयाँ प्रति क्वाटरमा किन्न पाईन्छ । शीलबन्दी मदिरा सस्तोमा पाईने र भारतमा झन्झटमा मुक्ति पाउन भारतीय मदिरा प्रयोगकर्ताहरु नेपाल आउने गरेका हुन । जमुनाहा नाकामा मदिरा पसल गर्दै आएका व्यवसायी राजेश बर्माले भारतीयहरु वारी मदिरा प्रयोग गर्न आउने कुरा नयाँ नभएको बताउ“छन् । उनले बर्षौदेखि जमुनाहाको मदिरा व्यवसाय भारतीय प्रयोगकर्ताहरुबाट धानिएको जनाए । ‘हामी कहाँ ९० प्रतिशत ग्राहकहरु भ भारतीय छन् । नेपालमा गाउँगाउँमा मदिराका पसल भएकाले यहाँ आउने कुरै भएन,’ उनले भने,‘भारतीय मदिरा प्रयोगकर्ताहरुका कारण त्यहा“को पैसा नेपाल भित्रिने गरेको छ । खाद्यन्न हामी पारी किन्छौँ तर मदिरा लिन उनीहरु वारी आउँछन् ।’
    उनका अनुसार पछिल्लो समय जमुनाहामा हुने गरेको मदिरा व्यवसायमा केही कमी आएको छ । भारतीय बजारहरुमा पनि मदिरा पसल खुल्न थालेपछि नेपाली मदिराको कारोबारमा केही कमी आएको हो । ‘केही बर्षअघि हामीसंग जोडिएको रुपैडिहा बजारमा एउटा पनि मदिरा पसल थिएन । सबै यतै आउँथे । तर भारतमा बिस्तारै मदिरा व्यवसायलाई महत्व दिन थालेको देखिन्छ,’ उनले भने,‘अहिले पनि कारोबार ठिकै छ । तर, भारतीय सरकार मदिरा व्यवसायका लागि लचिलो बन्दै जाने हो भने हाम्रो कारोबार घट्न सक्छ ।’

  • ८ श्रावण २०७९, आईतवार १३:३३ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार