सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल - Dastabej

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल


  • दस्तावेज

  • काठमाडौँ, २७ साउन/ नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी हुनुहुन्थ्यो ।

    कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी हुनुहुन्थ्यो । छलफलमा उक्त सभाले सरकारसँग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित आजको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
    –––

  • २७ श्रावण २०७९, शुक्रबार २०:४२ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार