७८१ मा सङ्क्रमण, दुईको मृत्यु - Dastabej

७८१ मा सङ्क्रमण, दुईको मृत्यु


  • दस्तावेज

  • काठमाडौँ, २७ साउन  ःदेशभर पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ । सो अवधिमा चार हजार सात सय १२ जनाको नमूना परीक्षण गरिएको थियो ।

    दुई हजार दुई सय ९० जनाले पिसीआर र दुई हजार चार सय २२ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा २३ हजार आठ सय एक जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । सो अवधिमा पाँच सय ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ७४ हजार आठ सय छ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव दुई प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ७५ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ८४ पुगेको छ । होम आइसोलेशनमा पाँच हजार पाँच सय ६५, संस्थागत आइसोलेसनमा दुई सय १०, आइसीयू ६३ र भेन्टिलेटरमा आठ सङ्क्रमित रहेका छन् ।

    हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार आठ सय ६४, ललितपुर आठ सय ९३ र भक्तपुरमा ८८ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमण दर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । —

  • २७ श्रावण २०७९, शुक्रबार २०:४७ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार