प्रतिनिधिसभाको आजको बैठक स्थगित - Dastabej

प्रतिनिधिसभाको आजको बैठक स्थगित


  • दस्तावेज

  • काठमाडौँ, २९ साउन  :प्रतिनिधिसभाको आजको दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।

    आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिनुभएको थियो ।

    गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो । अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो ।

  • २९ श्रावण २०७९, आईतवार १६:१७ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार