घरवारी टोलमा राजस्वको छापा, उद्योग बाणिज्य संघको आपत्ती (भिडियो) - Dastabej

घरवारी टोलमा राजस्वको छापा, उद्योग बाणिज्य संघको आपत्ती (भिडियो)


  • दस्तावेज

  •  

    श्रावण २९, २०७९ नेपालगन्ज । कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयले नेपालगन्जस्थित घरवारी टोलको मस्ता सप्लायर्समा छापा मारेको छ । बीलभरपाई नभएको भन्दै राजस्व कार्यालयले छापा मारेको हो । राजस्व कार्यालय कोहलपुरका बाबुराम पन्थी नेतृत्वको टोलीले आईतबार ४ वजे साँझ छापा मारेको हो ।
    मस्ता सप्लायर्सका नन्दप्रसाद न्यौपाने रेडीमेड कपडाका व्यवसायी हुन । उनले राजस्व कार्यालयका कर्मचारीहरुले ३ लाख रुपैयाँ माग्दै आएको दाबी गर्दै नदिएकै कारण छापा मारिएको आरोप लगाएका छन् ।उनले आफूले बिक्रीका लागि राखेका सबै सामाग्रीहरुको बीलभरपाई रहेको दाबी गरे ।

    राजस्व कायार्लले छापा मारेको घटनाको नेपालगन्ज उद्योग  बाणिज्य संघले तिब्र बिरोध जनाएको छ । संघका प्रवक्ता टंकसिंह धामीले नेपालगन्ज नाकाबाट भारतबाट दैनिक तस्करी हुने घटनामा राजस्व कार्यलय आँखा चिम्लेर बसेको तर बीलभरपाई तिरेर ल्याएको पसलमा छापा मार्नु आपत्ती जनक रहेको बताए ।
    भारतबाट चोरी निकासी भएर आउँने समान सुर्खेत, दांग काठमाडौंँ सम्म गइरहेको छ। तर राजस्व कार्यालयका कर्मचारी हेरेर बसेका छन् । एउटा व्यापारीले भन्सार तिरेर ल्याएको सामाग्रीमा छापा मार्नु गलत हो, उनले भने । उनले राजस्व कार्यालयका कर्मचारीहरुमो रैवयाका कारण नेपालगन्जको व्यवसाय धरासायी बन्दै गएको गुनासो गरे ।

  • २९ श्रावण २०७९, आईतवार १७:३९ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार