नागरिकता बिधेयक प्रमाणीकरणमा ढिलाईः नेपालगन्जका अधिवक्ताद्धारा राष्ट्रपतिको कार्यालयसंग सूचना माग - Dastabej

नागरिकता बिधेयक प्रमाणीकरणमा ढिलाईः नेपालगन्जका अधिवक्ताद्धारा राष्ट्रपतिको कार्यालयसंग सूचना माग


  • दस्तावेज

  •  

    नेपालगन्ज २९ साउन । नेपाली नागरिकता बिधेयक प्रमाणीकरणका सम्वन्धमा सूचना माग गरिएको छ । नेपालगन्ज निवासी अधिबक्ताद्धय विश्वजित तिवारी र बलबहादुर चन्दले आज आइतबार राष्ट्रपतिको कार्यालयसंग सूचना माग गरेका हुन ।

    नेपाली नागरिकता संशोधन बिधेयक प्रतिनिधी सभामा र राष्ट्रिय सभाबाट पारित भईसकेको हुँदा हालसम्म पनि राष्ट्रपतिबाट के कति कारणले उक्त बिधेयक प्रमाणीकरण नगरिएको हो, त्यसको जानकारी र उक्त विधयेक कहिले प्रमाणीकरण हने हो र कुन मितिमा हुने हो सोको पुर्ण रुपमा जानकारी पाउँ भनेर सूचना माग गरिएको हो ।

    नेपालको संविधान धारा २७ अन्र्तगत सबैले थाहा पाउने अधिकार अन्र्तगत राष्ट्रपतिको कार्यालयका सूचना अधिकारीसमक्ष इमेलमार्फत सूचना माग गरिएको छ । प्रतिनिधिसभाले नागरिकता बिधेयक पास गरेर दुई साताअघि राष्ट्पटिको कार्यालयमा पठाएको छ । राष्ट्पतिको सचिवालयले बिधेयक अध्ययन भइरहेको जनाएको छ ।

     

  • २९ श्रावण २०७९, आईतवार १९:१६ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार