नेपालगन्ज ग्यालरी फेसबुक ग्रुपबाट छात्रबृति प्रदान गरिने - Dastabej

नेपालगन्ज ग्यालरी फेसबुक ग्रुपबाट छात्रबृति प्रदान गरिने


  • दस्तावेज

  • १ भदौ / यस क्षेत्र मै पहिलोपटक फेसबुक ग्रुपबाट छात्रबृति प्रदान गरिने भएको छ । यस क्षेत्रकै सर्वाधिक चर्चित, अनवरत रुपमा सामाजिक कार्यमा लागि परेको तथा सूचना, जानकारी र मनोरन्जन प्रदान गर्न स्थापित भएको फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले त्रिभुवन विश्व विधालयबाट सम्बन्धन प्राप्त नेपालगन्ज क्याम्पस अफ म्यानेजमेन्ट एण्ड टेकनोलोजी ( NCMT ) , नेपालगन्जसँग सहकार्य गरेर यस क्षेत्रका जेहेनदार, गरिब तथा समाबेशी समुहलाई प्रतिनिधित्व गर्ने बिधार्थीहरु मध्येबाट BSc. CSIT ( Bachelor of Science in Computer Science and Technology ) मा १ जना र BCA ( Bachelor of Computer Application ) मा १ जनालाई पूर्ण छात्रबृति दिई अध्यापन गराइने भएको छ ।

    प्रत्येक बर्ष दुईजनालाई छात्रबृति प्रदान गरिने सम्झौतामा नेपालगन्ज ग्यालरीबाट समिरमान श्रेष्ठ र नेपालगन्ज क्याम्पस प्रमुख निशान्त कुमार शाक्यले हस्ताक्षर गर्नुभएको हो ।

    सम्झौता अनुसार क्याम्पसले BSc. CSIT कोर्षका लागि ३ लाख ९० हजार र BCA कोर्षका लागि ३ लाख ३० ह्जारका साथै कलेज ड्रेस पनि उपलब्ध गराउने छ भने नेपालगन्ज ग्यालरीले क्याम्पसको सेवा सुबिधाको बारेमा जानकारी प्रदान गर्ने र प्रचारप्रसारमा सहयोग पुर्याउने छ ।

    योग्यता पुगेका विधार्थीलाई गणेशमान चोक नेपालगन्जस्थित क्याम्पसमा पुगी अन्य जानकारी प्राप्त गरी दरखास्त दिन अनुरोध पनि गरिएको छ ।

  • १ भाद्र २०७९, बुधबार २२:३१ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार