तीज रह्यो सामाजिक संजालमा सिमित - Dastabej

तीज रह्यो सामाजिक संजालमा सिमित


  • कमल पोख्रेल

  • तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ। तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन्।

    यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ।

    हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन्।

    यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।

    तर आजको दिन सम्म आइ पुग्दा तीज रितिका रुपमा नभई विकृति रुपमा तीब्र रुपमा फैलिएको पाईछ । तीज पर्वका रुपमा भन्दा पनि देखासिकी रुपमा मनाउन थलिएको छ भन्दा पनि फरक नपर्ला ! गाउँघरतिर तीजका दिन चौतारा, मन्चमा महिलाहरु भेला भैइ नाचगान गर्ने प्रचलन थियो ।केही बर्ष यता देखि तीजको नाचगान हुन्छ त केवल टिकटक( Tiktok ) र सामाजिक संजालहरुमा मात्रै देख्न पाईन्छ ।

    आफुले लगाएको लुगा र गरगहना देखाउने होडबाजीले छोएको छ । धार्मिक रितीरिवाज विस्तार भन्दा पनि देखावटीवादले छोएको देख्न पाईन्छ । पहिले जस्तो चौतारा , मन्चमा तीजको नाच देख्न परको कुरा मादल बजेको आवाज सुन्न नि पाएन यसपालि त। विस्तारै हाम्रो समाजमा रहेका धर्म सस्कृती रितीरिवाज लोप्त हुँदै छ ।

    नेपाली हुनुमा गर्व लाग्थ्यो केही बर्ष अगि सम्म त हाम्रो समाज विभिन्न किसिमका जातजाती, धर्म, सस्कृती , रितीरिवाज छन भनेर । पाश्चात्य समाजको असरले गर्दा कहि सबै लोप हुने होकि डर लागेर आउँछ । हाम्रा धर्म सस्कृती , चाडपर्व, रितीरिवाज जग्रैना गर्यो । समाजमा पछि आउने पुस्ताका लागि राम्रो छाप छोड्यौ , नराम्रो बानीको विकास नगरौं ।

  • १४ भाद्र २०७९, मंगलवार १८:४८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न