दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल - Dastabej

दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल


  • दस्तावेज

  • ९ भदौ २२, २०७९ नेपालगन्ज — दैलेखको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हरि प्याकुरेललाई सरकारले जिल्ला प्रशान कार्यालय बाँकेको सहायक प्रमुख जिल्ला अधिकारी बनाएर सरुवा गरेको छ । दैलेखको प्रजिअमा गोगनबहादुर हमाललाई पठाइएको छ भने यस्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई इलाका प्रशासन कार्यालय सिमरा सरुवा गरिएको छ ।

    सरकारले निर्वाचनको सम्मुखमा काठमाडौं र ललितपुरसहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । गृह मन्त्रालयले उपत्यकालगायत महत्त्वपूर्ण जिल्लाका सीडीओहरूको सरुवा गरेको हो ।

    मन्त्रालय स्रोतका अनुसार काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा घनश्याम उपाध्याय आएका छन् । उनी ललितपुरको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । काठमाडौंका प्रजिअ गोविन्द रिजाल भने मन्त्रालयको कर्मचारी प्रशासन प्रमुखमा तानिएका छन् ।

    कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ललितपुर तानिएको छ भने मन्त्रालयको प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । जुम्लाकी प्रजिअ विजयाकुमारी प्रसाईँ मन्त्रालय तानिएकी छन् भने जुम्लाको प्रजिअमा मुकेशकुमार केसरीको सरुवा भएको छ ।

    सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।पाँचथरका प्रजिअ सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरको प्रजिअमा गणेश गैरेलाई पठाइएको छ । सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरीको प्रजिअमा, सप्तरीका प्रजिअ जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभाको प्रजिअमा सरुवा गरिएको छ

  • २२ भाद्र २०७९, बुधबार १३:०५ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण