बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ - Dastabej

बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ


  • दस्तावेज

    भदौ २२, २०७९ बाँके । राप्ती सोनारी वडा न. ५ बिनौनाीस्थत कन्या राजा मन्दीर क्षेत्रमा पुस्तौदेखि सुन गाडिएको अव्वस्थामा रहेको भन्दै त्यसलाई निकाल्नका लागि सक्रिय भएको एक गिरोह सक्रिय देखिएपछि प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहले गाडिएको सुन झिक्नका लागि अन्धविश्वासी गुरुवा (धामी) हरुलाई प्रयोग गरिएको छ । गुरुवाहरुले गाडिएको सुन निकाल्नका लागि कन्या कुमारी केटी (विवाह नभएको ) आवश्यक पर्ने सुझाव दिएको स्थानीय बताउँछन् ।
    पूजाका लागि कन्या केटी खोज्न थालेपछि घटना सार्वजनिक भएको हो ।
    इलाका प्रहरी कार्यालय धामपुरको प्रहरी टोलीले उक्त गिरोहलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार स्थानीय केहि व्यक्तिले पुजाका लागी कन्या किशोरी खोजिरहेको बेला प्रहरीले पक्राउ गरेको इप्रका धामपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरिक्षक प्रविण डाँगीले जानकारी दिए । पक्राउ परेका समुहले बर्दियाका एक गुरुवाले धेरै खजाना रहेको र त्यसको विधि पुरा गर्न कन्या किशोरीको आवश्यकता रहेको भनेपछि गाउँमा किशोरी खोज्न हिडेको प्रहरी समक्ष बयान दिएका छन् । स्थानीय बासिन्दाहरुले विगत केहि बर्ष देखि कालो धन निकाल्ने भन्दै हल्ला फिजाएको भन्दै कारवाही गर्न माग गरेका छन् । प्रहरीले अहिले स्थानीय बासिन्दाहरुको बाक्ले उपस्थितिमा छलफल गराईरहेको छ । ईलाका प्रहरी कार्यालय धामपुर

  • २२ भाद्र २०७९, बुधबार १६:२४ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण