बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान - Dastabej

बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान


  • दस्तावेज

  • भाद्र २७, २०७९ बर्दिया — बर्दिया मधुवन नगरपालिका(२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको बेला बाघले आक्रमण गर्दा मृत्यु भएको छ । आइतबार बेलुकासम्म घर नफर्केपछि उनका आफन्तले वन, प्रहरीलगायत ठाउँमा जानकारी गराएपछि खोजी गर्दा उनी मृत अवस्थामा भेटिएका थिए ।

     

    रात परेकाले घना जंगलमा खोजी हुन नसकेपछि सोमबार शरीरका केही अंग र छाता,चप्पल फेला परेको छ ।

    बर्दियासँगै जोडिएको खाता जैविक मार्गमा रहेको उक्त सामुदायिक वन घना भएकाले खोजी कार्यमा समस्या भएको खाता रेन्ज पोस्टका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले चरिचरण र अन्य प्रयोजनका लागि एक्लै वनमा नजानका लागि पटक पटक आग्रह गरे पनि अटेर गरेका कारण वन्यजन्तुले आक्रमण गर्ने गरेको वनका कर्मचारी बताउँछन् ।

  • २७ भाद्र २०७९, सोमबार १२:१९ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण