२ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा - Dastabej

२ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा


  • ठाकुरसिंह थारु/ रूपा गहतराज

  • असोज ३, २०७९ । नेपालगन्ज २० मनिकापुरका ७० वर्षीय हरिहर खटिकलाई दुई लाख ऋण दिएर सादा कागज र बैंक चेकमा पहिले नै ल्यापे लगाएर करोडौंको जग्गा हड्प्ने गिरोहका ६ जनालाई बाँके जिल्ला अदालतले ठगी मुद्दामा पुर्पक्षका लागि कारागार थुनामा पठाएको छ । ठगी मुद्दाको थुनछेक बहसपछि न्यायाधीश धनसिंह महराको इजलासले उनीहरुलाई थुनाका लागि नेपालगन्ज कारागार पठाएको हो ।

    बाँके जिल्ला अदालतका श्रेष्तेदार तिर्थराज भट्टका अनुसार अदालतलले मोहम्मद हनिफ हलवाई, सहाबुद्दिन बेहना, निजामुद्दिन बेहना, साबिर अलि बेहना, राजेश बर्मा र रिजवान अन्सारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । ठगी प्रकरणमा संलग्न किस्मत दर्जी भने अझै पनि फरार छन् । उनको खोजि भइहेको प्रहरीले जनाएको छ । ‘ठगी मुद्दाका प्रतिबादीहरुलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । प्रतिबादीहरु जिल्ला अदालतको आदेशबिरुद्ध उच्च अदालत गएका छन्,’ उनले भने ।

    बाँके प्रहरीले उनीहरुबिरुद्ध २ करोड १९ लाख रुपैयाँ बिगो र जनही ७÷७ बर्षको कैद सजायको माग गर्दै ठगी मुद्दा दर्ता गरेको छ । जग्गा हड्प्न गिरोहले सबैजसो कानुनी प्रक्रिया पूरा गरेकाले सुरुमा प्रहरीले ठगी मुद्दा दर्ता गर्न ईन्कार गरेको थियो । कान्तिपुर दैनिकले ठगी बारे पटकपटक समाचार प्रकाशित गरेपछि बाँके प्रहरीले जाहेरी दर्ता गरी सुक्षम अनुसन्धान थालेको हो । अझै पनि मुद्दाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ठगीका विषयमा पटकपटक पीडित पक्षलाई दबाब दिंदै मिलापत्रको प्रयास गरिएको थियो ।

    मूुमाफियाहरुले ल्यापेको दुरुपयोग गरी करोडौं मुल्यको डेढ विगहा जग्गा आफ्नो नाममा गराएका थिए । दबाबपछि प्रहरीले मुद्दा अनुसन्धान गर्दा खटिक ठगिएको खुलेको हो । भूमाफियाहरुले खाली कागजको ल्यापेको दुरुपयोग गरी करोडौंको जग्गा मालिकको उठीबास गरेका हुन । बाँके प्रहरीले खटिकले दिएको उजुरीको अनुसन्धान थालेपछि ल्यापे दुरुपयोग बारे खुलेको हो । ल्याप्चे लगाइएको सादा कागज प्रयोग गरी जग्गा आफ्नो नाममा लानेदेखि लिएर बैंकमा दाखिला गरेको रकम झिकिएको प्रहरीले जनाएको छ । कतिसम्म भने अदालतमा ऋण असुलीका लागि भूमाफियाहरुले दर्ता गरेको मुद्दामा त्यही ल्यापे प्रयोग गरी स्वीकारी प्रतिउत्तर पेश गरिएको छ । खटिकलाई मालपोत कार्यालय बाँकेमा लेखापढी गर्ने गाउँकै दुर्गाशरण शुक्लाले दुई लाख ऋण दिएको भन्दै ल्यापे लगाउन लगाएका थिए । प्रहरीका अनुसार जग्गा हड्पनका लागि सबै कानुनी प्रक्रिया पूरा गरिएको छ ।

    नछुट्टिएको परिवारमा हरिहर र भाउजुको नाममा ६० कठ्ठा जग्गा संयुक्त थियो । जसमध्ये हरिहरको हकको ३० कठ्ठा जग्गा भूमाफियाहरुले हड्पेका हुन । उनका भाउजु कमलाको जग्गा सुरक्षित छ । २०७८ बैशाख ६ गते सयुक्त नाममको जग्गा छुट्याए । तर, करौडौको जग्गा गुमाएका हरीहर खटीकले २०७८ पुस ११ गते मात्र जग्गा गुमेको थाहा पाएका हुन । उनले ०७७ चैत ५ गतेदेखि मालपोतमा रहेको कागज माग गरे पनि नपाएका कारण जाहेरी दर्ता हुन सकेको थिएन । कानुन व्यवसायीहरुको पहलमा ०७८ साल माघ १६ गते ठगी कसुर जाहेरी दर्ता गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

    बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले तत्काल प्राप्त प्रमाणका आधारमा अदालतले ठगीमा संलग्न व्यक्तिहरुलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश आएको बताए । उनले अझै मुद्दाको थप अनुसन्धान जारी रहेको जानकारी दिए । ‘थप प्रमाणहरुको खोजि र मुद्दाको अनुसन्धान भइरहेको छ,’ उनले भने ।

    प्रहरी अनुसन्धानका क्रममा भूमाफियाहरुले नेपालगन्जस्थित एनएमबी बै“कमा हरिहरको नाममा ०१४०१५२३९३९०००१२ नम्बरको खाता खोलेको भेटिएको छ । जसमा रिजवान अलि अन्सारीको नामको चेकबाट २५ लाख दाखिला गरेको देखिन्छ । तर उक्त रकम हरीहर खटीकको नामबाट निकालिएको बैक स्टेटमेन्टबाट दखिएको प्रहरीले जनाएको छ ।

    उक्त बैकमा ०७७ फागुन ९ गते रकम जम्मा गरेको त्यसको एक दिनपछि दृष्टिबन्धक कागज गराइएको छ । ४९ लाख दृष्टिबन्धक लिखतमा लेखापढी दुर्गा शरणशुक्लाले कागज लेखेको र साक्षीमा हरीहरका छोरा इन्द्रदेव खटीक, जानकी गाउँपालिका ६ का किस्मतअलि शेष साक्षी बसेका छन् । ९० लाखको राजीनामामा गराएर साबुद्दीन बेहना ,साबीरअलि बेहना सिजवान अन्सारी राजेश कुमार वर्माले जग्गा किनेको देखिन्छ । जसमा साक्षी किस्मत अलि शेष रहेका छन् । त्यस्तै महोम्मद हनिफ हलवा संगको ८० लाखको कारोबारमा साक्षी किस्मत नै बसेका छन्

    ‘मैले दुई लाख रुपैयाँ ऋण लिएको सही हो । त्यो भन्दा बढी मैले पैसा लिएको छैन । बैंकमा मेरो खाता भएको पनि जानकारी छैन,’ पीडित हरिहरले भने,‘लेख्न पढ्न जान्दैन । टाप लगाए । जग्गा खाए । अदालतले उनीहरुलाई जेल पठाउँदा न्याय पाउँछु कि भन्ने आश जागेको छ ।’

    गिरोहले जग्गा बिक्री गर्ने भन्दै हरिहरकै नाममा नेपालगन्जको नमस्ते सेभिङ्ग क्रेडीट सहकारी संस्था लिमिटेडकको बैकमा २०७७ साउन महिनामा तीन दिनमा नेपालगंन्जका महोम्मद हसन हल्वाइले ५० लाखको चेक काटेर दिएको देखिन्छ । त्यसपछि हरिहर खटीककै नामबाट ९ लाखको दरले पाँच पटकसम्म ४५ लाख र एक पटक पाँच लाख निकालेको बैक स्टेटमेन्ट प्रहरीले भेटाएको छ । ‘एकै दिन पाएको ५० लाख रुपैयाँ एकाएक कता हरायौ,’ प्रहरी अनुसन्धान अधिकारी भन्छन्,‘ ,लाख हजारको के कुरा अहिले ति बृद्धसंग सिटामोल खाने पैँसा छैन् ।’ हरीहरका जेठा छोरा मनोजकुमार खटिकले बुबा हरिहरबिरुद्ध मेरो मन्जुरीबिना जग्गा बिक्री गरेको मुद्दा दर्ता गर्दा प्रतिउत्तरमा हरिहरले मेरो मन्जुरीले बिक्री गरेको प्रति उत्तर लगाइएको छ । ‘जग्गा हड्प्न हदै गरिएको छ,’ प्रहरी अधिकारीले भने ।

    लेखापढी व्यवसायी शुक्लको मिलेमतोमा खटिकको नाममा दर्ता रहेको कित्ता नं. ४ को ३२२५, कि.नं. २० को २१८०, कि.नं. १११ को ४५७० वर्गमिटर जग्गा २०७७ असोज १२ मा जानकी–३ का सहाबुद्दिन बेहना, नेपालगन्ज–१९ का साबिर अलि बेहना, २२ का राजेशकुमार कुर्मी र ५ का रिजवान अलि अन्सारीले ९० लाख मूल्य राखेर मालपोत कार्यालयबाट पास गरेको देखिन्छ । यस्तै २०७७ फागुन १० मा ४९ लाखको ऋण लिएको देखाएर हरिहरसँग कित्ता नं. १०४ को ३५१०, कि.नं. १६८ को ७७०, कि.नं. १७४ को ४५५ र कि.नं. ६६ को ४६० वर्गमिटर जग्गा रिजवान अलि अन्सारीले दृष्टिबन्धक कागज पास गराएका छन् । हरिहरको जग्गा नेपालगन्ज–कोहलपुर राजमार्गदेखि ५० मिटरको दूरीमा छ । ईकान्तिपुर ।

  • ३ आश्विन २०७९, सोमबार १२:३० प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण