चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस - Dastabej

चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस


  • दस्तावेज

  • असोज ४, २०७९ बाँके । बाँके निर्वाचन क्षेत्र न २ संघीय सांसदका लागि जनता समाजबादी (जसपा) लुम्बिनी प्रदेशले भौतिक योजना तथा यातायात मन्त्री ईस्तियाक राई र उनका निवर्तमान स्वकीय सचिव शम्सुल हक राईको नाम केन्द्रमा सिफारीस गरेको छ । जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले राईद्धयको नाम संघीय सांसदका लागि नाम सिफारीस गरिएको बताए ।

    शम्सुल २०६३ को मधेश आन्दोलनदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेका हुन । ईस्तियाक राईलाई सांसददेखि मन्त्रीसम्म बनाउन उनको ठूलो हात रहेको छ । उनी मन्त्री हुँदा शम्सुल पटकपटक स्वकीय सचिवका रुपमा काम गर्दै आएका थिए ।

     

    तर, पछिल्लो पल्ट इस्तियाक भौतिक योजना तथा यातायात मन्त्री भएपछि शम्सुललाई स्वकीय सचिवमा नियुक्त गरेका छैनन् । उनीहरुबीच सम्पर्क पनि हुन छाडेको छ । जसपा स्रोतका अनुसार राईद्धयबीच बोलीचालीसमेत टुटेको छ ।

    जसपा लुम्बिनी प्रदेशका सदस्यसमेत रहेका शम्सुलले राजनीति कसैको पेवा नभएको बताए । उनले एक जना नेता सधै सांसद र मन्त्री भइरहने परम्परा तोड्न बाँके निर्वाचन क्षेत्र न. २ बाट संघीय सांसदको दाबी गरिएको जनाए । उनले कैन्द्रीय नेताहरुको सम्पर्कमा रहेको र आफ्नो नाममा सर्वसम्मतले संघीय सांसदको उम्मेदवारीको रुपमा पास गर्ने बिश्वास रहेको बताए ।

    निर्वाचन मिति नजिकिदै गर्दा मन्त्री ईस्तियाक र निवर्तमान स्वकीय  सचिव शम्सुलबीचको सम्बन्धमा तिक्तत्ता आएको जसपाका नेताहरु बताउँछन् ।

    त्यसको असर निर्वाचनमा पनि पर्न सक्ने अडकलबाजी हुन थालेको छ । निवर्तमान सचिव शम्सुलले पछिल्लो समय मन्त्रीको सम्पर्कमा नरहेको स्वीकार छन् । मन्त्री भएपछि उहाँले मलाई सम्पर्क गर्नु भएको छैन । मैले पनि गरेको छैन । नेपालगन्ज आउँदा पनि उहाँसंग भेटघाट भएको छैन, उनले भने, म पनि निर्वाचनकै तयारीमा लागेको छु ।

  • ४ आश्विन २०७९, मंगलवार १३:४७ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण