राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता - Dastabej

राप्रपाद्वारा केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता


  • दस्तावेज

  • काठमाडौँ, ७ असोज : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)ले आउँदो मङ्सिर ४ गते हुने आमनिर्वाचनलाई दृष्टिगत गर्दै निर्वाचन केन्द्रीय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गठन गरिएको उक्त समितिमा पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनी, कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, सात प्रदेशका अध्यक्ष, केन्द्रीय सदस्य तथा विभागीय प्रमुखहरूलाई समावेश गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

    यसैगरी प्रदेश अध्यक्षको संयोजकत्वमा प्रदेश निर्वाचन परिचालन समिति र जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । निर्वाचन आर्थिक समिति, केन्द्रीय निर्वाचन प्रचार समिति र भ्रातृ सङ्गठन परिचालन समितिसमेत गठन गरिएको छ ।

    बैठकमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार छनोट गर्न सम्बन्धित प्रदेशका जिल्लासँग समन्वय गरी सुझाव पेश गर्ने जिम्मेवारी प्रदेश अध्यक्षहरूलाई दिइएको छ । नेता पाण्डेका अनुसार पार्टीले मुलुकमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि वैचारिक दृष्टिकोणले निकट तथा समान आदर्श बोकेका सङ्घसंस्थालाई एकता तथा सहकार्यका लागि आग्रह गरेको छ । (रासस)
    –––

  • ७ आश्विन २०७९, शुक्रबार १०:५२ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार