बैतडीमा विद्युतीय राहदानी सेवा बन्द - Dastabej

बैतडीमा विद्युतीय राहदानी सेवा बन्द


  • दस्तावेज

  • बैतडी, ७ असोज : बैतडीमा विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा बन्द भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको हो ।

    जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सेवा बन्द भएको जनाएको छ । विद्युतीय राहदानी इनरोलमेन्ट तथा जारी गर्न विद्युतीय राहदानी सर्भर कनेक्सनमा समस्या आएको भनेर राहदानी विभागबाट जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शङ्कर बोहराले बताउनुभयो ।

    यहाँको सर्भरको कनेक्सन केन्द्रको सर्भरसँग नभएकाले सेवा अवरुद्ध भएको हो । बन्द भएको विद्युतीय राहदानी सेवा सुचारु हुन केही दिन लाग्नसक्ने जनाएको छ । विद्युतीय राहदानी सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी सेवा बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको हो । (रासस)
    –––

  • ७ आश्विन २०७९, शुक्रबार १३:३६ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार