नरैनापुरको विपद् सूचना व्यवस्थापन पोर्टल - Dastabej

नरैनापुरको विपद् सूचना व्यवस्थापन पोर्टल


  • दस्तावेज

  • बाँके, ७ असोज : बाँकेको नरैनापुर गाउँपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् सूचना व्यवस्थापन प्रणाली लागू गर्ने भएको छ ।

    नरैनापुर गाउँपालिकामा ‘सेभ द चिल्ड्रेन’को सहयोगमा एसडिएफले आयोजना गरेको पोर्टल स्थानीयकरणसम्बन्धी अभिमुखीकरण कार्यशाला गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले पोर्टलमार्फत विपद्को तयारी, प्रतिक्रिया, सतर्क, जोखिमसम्बन्धी जानकारी लिन सकिने बताउनुभयो । उहाँले क्षमता र संशोधनका विभिन्न तथ्याङ्क र सूचना लिन सहज हुने भएकाले उक्त पोर्टल सञ्चालनका लागि गाउँपालिकाले भूमिका खेल्ने बताउनुभयो ।

    कार्यशालालाई सहजीकरण गर्दै आइएचआरआरका टिम लिडर सुरज गौतमले विपद् पोर्टलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि चाहिने पूर्वतयारी, पूर्वचेतावनी र प्रतिकार्यमा सुदृढ पार्ने क्षमता राख्ने बताउनुभयो ।

    कार्यशालामा सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम संयोजक शेर रौलेले विपद् पोर्टलले जलविज्ञान र मौसमसम्बन्धी खतरा सीमा पार गर्दा विपद् पोर्टलमा चेतावनी सूचना प्रदर्शित हुने बताउनुभयो ।

    कार्यक्रममा नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पोर्टल सञ्चालनमा आइसकेपछि सूचना र तथ्याङ्कलाई थप अद्यावधिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    –––

  • ७ आश्विन २०७९, शुक्रबार १४:२३ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार