आयोगबाट रकमान्तरको विवरण माग - Dastabej

आयोगबाट रकमान्तरको विवरण माग


  • दस्तावेज

  • काठमाडौँ, ७ असोज / निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि चालु आर्थिक वर्षको स्वीकृत वार्षिक बजेट बाहिरबाट रकमान्तर गरिएको विवरण अर्थमन्त्रालयसँग माग गरेको छ ।

    आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुनेगरी अर्थ मन्त्रालयबाट कुनकुन मन्त्रालय र निकायका योजना तथा कार्यक्रममा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएका विषयमा विवरण माग गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

    आयोगले उक्त विषयमा २४ घन्टाभित्र अर्थ सचिवबाट विवरण पेस गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । सरकारले गत साउन १९ गते आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने घोषणा गरेको थियो ।

    सङ्घीय संसद्बाट आर्थिक वर्ष २०७९÷८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।(रासस)

  • ७ आश्विन २०७९, शुक्रबार १६:१३ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार