देश प्रमुख मिश्रसमक्ष आयोगको ३२औँ वार्षिक प्रतिवेदन पेश - Dastabej

देश प्रमुख मिश्रसमक्ष आयोगको ३२औँ वार्षिक प्रतिवेदन पेश


  • दस्तावेज

  • धनुषा, १३ असोज : मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्रलाई बर्दिवासस्थित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले ३२औँ वार्षिक प्रतिवेदन पेश गरेको छ ।कार्यालय प्रमुख गोपालकुमार अधिकारीले प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदन पेश गर्नुभएको हो । उक्त प्रतिवेदन मधेस प्रदेश प्रमुख मिश्रले सार्वजनिकसमेत गर्नुभयो ।

    उक्त प्रतिवेदनमा सबैभन्दा बढी मधेस प्रदेशमा २४दशमलव २५ प्रतिशत उजुरी दर्ता भएको उल्लेख गरिएको छ । गत आवमा जम्मा नौ सय १५ वटा उजुरी दर्ता भएकामा सबैभन्दा बढी धनुषा जिल्लाको छ ।

    गत वर्ष धनुषाबाट तीन सय ३९ उजुरी परेका थिए । आव २०७७÷७८ बाट फछ्र्यौट गर्न बाँकी एक हजार एक सय ९६ र २०७८÷७९ मा परेका नौ सय १५ मुद्दामध्ये एक हजार एक सय ९६ मुद्दा गत आवमा फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको फछ्र्यौट गर्न बाँकी नौ सय १५ मुद्दा र यस आवमा परेका तीन सय १५ मुद्दामा पनि अनुसन्धान अघि बढिसकेको कार्यालयले जनाएको छ ।

    मधेस प्रदेशका चार जिल्लासहित नौवटा जिल्ला कार्यक्षेत्र रहेकामा चालु आवको साउन र भदौ महिनामा तीन सय १५ उजुरी परेको कार्यालय प्रमुख अधिकारीले जनाउनुभयो ।धनुषा, महोत्तरी, सर्लाही, सिराहा, प्रदेश नं १ को खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र बागमती प्रदेशको रामेछाप र सिन्धुली जिल्लाबाट दुई महिनामै तीन सय १५ उजुरी मा दर्ता भइसकेको उक्त कार्यालयले जनाएको छ । (रासस)

    –—–

  • १३ आश्विन २०७९, बिहीबार १५:२४ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण