बाँकेको खजुरा गाउँपालिकाले मुटुको गम्भीर समस्या भएर बच्चा जन्माएकी सफिकुल खाँलाइ सहयोग - Dastabej

बाँकेको खजुरा गाउँपालिकाले मुटुको गम्भीर समस्या भएर बच्चा जन्माएकी सफिकुल खाँलाइ सहयोग


  • सुनिल परियार

  • खजुरा २०७९ असोज १३ खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुर चमकदारपुर निवासी सफिकुल खा गर्भवती भयेर दोस्रो बच्चा जन्माउन भेरी अस्पतालमा गएकी थिईन।

     

    तर उनलाई मुटुको समस्या देखिए पछि अप्रेसन गर्ने खतरा भएकोले भेरी अस्पताल को चिकित्सकको सल्लाह अनुसार निजलाइ २०७९भदौ २७ गते शिक्षण अस्पताल काठ्मान्डौमा रिफर गरिएको थियोे। गर्बवती सफिकुल खाँ उपचार गर्ने स्थित नाजुक भएको अबस्थामा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्याय र स्वास्थ्य शाखा खजुरा को पहलमा निस् शुल्क उपचारको ब्यसथापन गर्न सफल भएका थिए।

     

    साथै एम्बुलेन्सको ब्यस्थापन पनि खजुरा गाउँपालिका बाट गरिएको खजुरा स्वास्थ्य शाखाका प्रमुख दिपक ढकालले जानकारी दिए। २०७९ भदौ २९ गते गर्बपती साफकुल खाँको मुटुको सल्यक्रिया भएको थियोे ।

     

    सल्यक्रिया पछि साफकुल खाँले छोरा जन्माई अहिले बच्चा र आमाको अवस्था ठिक रहेको स्वास्थ प्रमुख ढकालले जानकारी दिए । एम्बुलेन्स व्यवस्थापन आर्थिक सहयोग खजुरा गाउँपालिकाले एक कार्यक्रम बिच श्रीमान सुफियान खाँलाइ खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले हस्तान्तरण गर्दै गर्बवती महिला बचाउने कार्य गाउँपालिकाको दायित्व रहेको र गर्बवती सफिकुल खा र बच्चालाई समयमै बचाउन सहयो गर्ने सबैलाई धन्यवाद दिए ।

     

    यस्ता जटिल समस्या समयमै उपचारका पाए मानिसको ज्यान बचाउन सकिने र खजुराका जनताको कुनै पनि समस्या खजुरा सरकारले सहयोग गर्ने अध्यक्ष विकले जानकारी दिनुभएको छ। साफकुल खाँका श्रीमानले समयमै आफ्नो श्रीमतीको ज्यान बचाउन सहयोग गर्ने खजुरा गाउँपालिकालाई धन्यवाद दिदै।साँच्चिकै स्थानीय सरकार रहेको अहिले महसुस भएको र समस्याको समधान गर्ने पनि उनको भनाइ रहेको थियोे ।

  • १३ आश्विन २०७९, बिहीबार १६:१६ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण