वनमन्त्री यादव स्वदेश फिर्ता - Dastabej

वनमन्त्री यादव स्वदेश फिर्ता


  • दस्तावेज

  • काठमाडौँ, १४ असोज : वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता हुनुभएको छ ।

    यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गर्नुभएको थियो । अमेरिकी सरकारको निम्तोमा त्यहाँ जानुभएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

    यसैगरी उहाँले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषकलाई कम गर्नका लागि विश्वव्यापी रुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकहरुले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्नभएको थियो ।(रासस)

  • १४ आश्विन २०७९, शुक्रबार १४:३९ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण