नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी - Dastabej

नवौँ राष्ट्रिय खेलकुदमा डडेल्धुराका १३ खेलाडी सहभागी


  • दस्तावेज

  • डडेल्धुरा, १४ असोज / गण्डकी प्रदेशको पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा डडेल्धुराका १३ खलाडीले खेल्न पाउने भएका छन् । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै यहाँका १३ खेलाडी प्रतिस्पर्धा गर्न छनोट भएका हुन् । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि डडेल्धुराले १४ खेलमा सहभागिता जनाउने तयारी गरेका भए पनि १३ खेलाडी पाँच खेलका लागि छनोट भएका हुन् ।

    भलिबल, ह्यान्डबल, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प र दौड प्रतियोगितामा डडेल्धुराका खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डम्बरसिंह भण्डारीले जानकारी दिनुभयो । कैलाली र कञ्चनपुरका खेलमैदान तथा रङ्गशालामा भएका प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका प्रमुख भण्डारीले बताउनुभयो ।

    छनोट हुनेमा सुदूरपश्चिम प्रदेशको राष्ट्रिय टोलीमा भलिबलतर्फ डडेल्धुराका सन्तोष खत्री र वीरेन्द्र विक, ह्यान्डबलमा विशाल बस्नेत, तेक्वान्दोमा झरना थापा, उसुमा नवीन गाहामगर, अस्मिता गाहामगर, रोहित गहामगर, सृजना रखालमगर र ललिता गुरुङ छनोट भएका खेलकुद विकास समितिले जनाएको छ ।

    यसैगरी एथलेटिक्सतर्फ हाइजम्पमा मनोज विष्ट र आठ सय मिटर दौडमा माया साउद, छपेन्द्र नाथ र करुणा ऐडी छनोट भएको जिल्ला खेलकुद विकास समतिले जानकारी दिएको छ ।(रासस)
    –––

  • १४ आश्विन २०७९, शुक्रबार १५:३१ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण