दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड - Dastabej

दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड


  • दस्तावेज

  • चितवन, १४ असोज / जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।

    कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड पाँच स्थानबाट कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिनुभयो । लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइम कार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डसहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

    लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङबाट आँपटारी सात किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि एक घण्टा, गोन्द्राङबाट मुग्लिन ४१ किलोमिटरका लागि एक घण्टा पाँच मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हरेक स्थानमा चेकपोष्ट रहने छ । त्यहाँ गएर इन्ट्री गरेर मात्रै सवारी साधनलाई अघि बढ्न दिइने छ ।” तोकिएको समयभन्दा छिटो आउने सवारी साधनलाई कारबाही गरिने उहाँले जानकारी दिनुभयो । सवारी साधन लापर्बाही गरी चलाएकामा कारबाही हुने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “टाइमकार्ड लागू भएसँगै राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” टाइम कार्डको आज लोथरबाट शुभारम्भ गरिएको अधिकारीले बताउनुभयो ।(रासस)
    –––

  • १४ आश्विन २०७९, शुक्रबार १५:४३ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण