उदयपुरमा बेपत्ता वडा सदस्य ३८ दिनपछि मृत फेला - Dastabej

उदयपुरमा बेपत्ता वडा सदस्य ३८ दिनपछि मृत फेला


  • दस्तावेज

  •  

     

    उदयपुर   १७  आश्विन /  त्रियुगा नगरपालिका–२ की ४० वर्षीया महिला वडा सदस्य छत्रकुमारी राउतको शव भेटिएको छ । उदयपुरको बेलका नगरपालिका–८ माछापुच्छ्रे सामुदायिक वन क्षेत्रमा आइतबार शव भेटिएको हो । उनी त्रियुगा नगरपालिका–२ सोनवा स्थित घरबाट भदौ ८ गते औषधि उपचार गर्न विराटनगर गएमा भोलिपल्टदेखि बेपत्ता भएकी थिइन् ।

    सडेको अवस्था वडा सदस्य राउतको कंकाल भेटिएको प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयालले बताए । ‘वडा सदस्य राउतले वन क्षेत्रमा आत्महत्या गरेको प्रारम्भिक अध्ययनमा देखिन्छ,’ प्रहरी उपरीक्षक फुयालले भने,‘झुन्डिएर आत्महत्या गरेको र शव सडेर भुइँमा झरेपछि कंकालमात्रै बाँकी रहेको अवस्थामा भेटिएको हो ।’ घटनास्थलमा उनले प्रयोग गरेको झोला, चप्पल र सल पनि भेटिएको छ ।

     

    वन क्षेत्रमा घाँस दाउरा गर्न गएका स्थानीयले कंकाल रहेको प्रहरीलाई खबर गरेका थिए । वडा सदस्य राउतका श्रीमान् देवकुमार राउतले उनले लगाएको चप्पल, झोला र सलबाट पहिचान गरिदिएको प्रहरीले जनाएको छ ।

    वडा सदस्य राउतको कंकाल पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

     

     

  • १७ आश्विन २०७९, सोमबार १३:५६ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण