नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती - Dastabej

नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती


  • दस्तावेज

  • काठमाडौँ, १३ कात्तिक /  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो ।

    भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ दिल्ली गन्तव्यको उडान सङ्ख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी उडान गरिरहेका एयरलाइन्सलाई भैरहवाबाट कम्तीमा पनि एक उडान गर्नुपर्ने व्यवस्थासहित लिखित निर्देशन दिएको थियो । काठमाडौँ विमानस्थलको विद्यमान हवाई उडान चाप व्यवस्थापन गर्न तथा गौतमबुद्ध विमानस्थलको प्रभावकारी प्रयोजनका निम्ति प्राधिकरणले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनिवार्य उडान गर्न निर्देशन दिएको हो । प्राधिकरणको यो निर्णयले काठमाडौँ उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नुपर्नेछ ।

    प्राधिकरणले निर्देशन दिएबमोजिम नेपाल एयरलाइन्स तत्कालै भैरहवामा उडान गर्न असमर्थ भएपछि निगमको उडान कटौती भएको सम्बन्धित अधिकारीले बताएका छन् । प्राधिकरणको निर्देशनबमोजिम भैरहवा उडान भर्न निगम तयार रहे पनि प्राविधिक व्यवस्थापनसहित तयारी गर्न करिब दुई महिना लाग्ने भएकाले तत्कालै उडान गर्न नसकिने निगमले उल्लेख गरेको छ ।

    “जहाजको इञ्जिनियरिङ, टेक्निकल कर्मचारी व्यवस्थापन गर्न कम्तीमा डेढ महिना लाग्छ, हामीले तयारीका लागि समय पुगेन विचार गरिदिनुस् भनेका छौँ”, निगमका एक उच्च अधिकारीले भन्नुभयो ।

    निगमले नयाँ दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्दै आएको थियो । सातामा १४ उडान हुँदै आएकामा आजदेखि चार उडान कटौती भएको निगमले जनाएको छ । चार उडान कटौती हुँदा अब निगमले दैनिक १० उडान मात्रै गर्नेछ । निगमको दिल्ली गन्तव्य व्यावसायिक हिसाबले राम्रो मानिन्छ । निगमले भारतको बैङ्लोर र मुम्बईमा पनि नियमित उडान गरिरहेको छ ।

    दुई स्वदेशी एयरलाइन्स वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई ‘विन्टर सेड्युल’ मा उडान गर्न प्राधिकरणले पत्राचार गरेको छ । अक्टोबर ३० देखि आगामी सन् २०२३ मार्चसम्मको उडान तालिका अनुसार गौतमबुद्ध विमानस्थलमा समेत दुवै एयरलाइन्सले उडान सञ्चालन गर्नुपर्नेछ ।

    प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आगामी पुस १ गतेदेखि भैरहवामा अनिवार्य उडान तयारी गर्न सूचित गरिसकेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले काठमाडौँ विमानस्थलमा तीनभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलमा उडान गर्नुपर्ने निर्देशनसहित पत्राचार गरिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो आन्तरिक वायुसेवाले भैहरवाबाट उडान नगर्दा विदेशी एयरलाइन्सलाई दबाब दिन गाह्रो हुने भयो त्यसैले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सलाई भैरहवाबाट पनि उडान गर्नुपर्छ भनेर निर्देशन दिइएको हो ।” काठमाडौँ विमानस्थलमा हाल तीन नेपालीसहित २६ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् । (रासस)

  • १३ कार्तिक २०७९, आईतवार १६:३१ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण