तस्कर द्वारा पत्रकार गुप्ता माथि सांघातिक आक्रमण, भोलि जाहेरी दर्ताको लागि निवेदन दिदैँ - Dastabej

तस्कर द्वारा पत्रकार गुप्ता माथि सांघातिक आक्रमण, भोलि जाहेरी दर्ताको लागि निवेदन दिदैँ


  • दस्तावेज

  • नेपालगञ्जका पत्रकार अमित गुप्ता माथि सांघातिक आक्रमण भएको छ । तस्करी भैरहेको सुचना पाए पछि समाचार संकलनका क्रममा नन्दई गाँउ पुगेका पत्रकार गुप्ता माथि आक्रमण भएको हो । एक्सप्रेस सिटी मिडिया हाउस प्र.लि. द्वारा संचालित एक्स्प्रेस सिटी न्यूज डटकमका प्रधानसम्पादक अमित गुप्ता माथि सामुहिक रुपमा भएको आक्रमण प्रति उक्त मिडियाले एक प्रेस विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । । गुप्ता माथी करिब ६ जनाको समुहले ज्यान मर्ने उदेश्य का साथ कुटपिट गरी घाइते बनाएका थिए । बरखत र भौकी समुहको कुटपिट गर्दा सम्पादक गुप्ताद्धारा खिचिएका फोटाहरु डिलिट गरेर मोबाइल समेत फुटाई दिएका छन् । गुप्ताको हात भाचिएको छ भने अन्य शरीरका विभिन्न भागमा निलडाम बसेको छ । नाजुक अवस्थामा पुगेका गुप्तालाई उपचारका लागि भारतको बहराईच लगिएको थियो । भने हाल उनी अहिले बेडरेस्टमा रहेका छन । घटनामा संग्लन आरोपीहरुलाई यथाशिघ्र कानुनी दायरामा ल्याई स्वतन्त्र पत्रकारिता प्रत्याभुति गराउन सम्बन्धि निकाय समक्ष मिडियाले माग गरेको छ ।
    समाचारको बिषयमा केही गुनासो वा चित्त नबुझेमा प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघमा गुनासो, निवेदन वा उजुरी दिन सक्ने राज्यले व्यवस्था गरेको छ । पिडित पक्ष अनुसार नेपाल पत्रकार महासंघ बाँके, नेपाल प्रहरी लगायत पत्रकार संगठनहरुको ध्यानाकर्षण गराइएको र घटना सम्बन्धि जाहेरी दर्ता गराउने प्रक्रियामा रहेको जनाएको छ ।

  • १३ कार्तिक २०७९, आईतवार १८:५४ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण