रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु - Dastabej

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु


  • दस्तावेज

  • भैरहवा, १४ कात्तिक : रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो । घटनामै परेका शिशुको आमासहित दुई जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालले बताउनुभयो ।

    अर्यालका अनुसार बिहान करिब साढे ४ बजे कारको ठक्करबाट मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् । यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उहाँले बताउनुभयो ।

    घाइतेको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । उनीहमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिनुभयो । छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । कारको पहिचान अहिलेसम्म हुन सकेको छैन । प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको बताउनुभयो । (रासस)

  • १४ कार्तिक २०७९, सोमबार १२:३५ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण