निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ ः पूर्व उपप्रधानमन्त्री सिंह - Dastabej

निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्छ ः पूर्व उपप्रधानमन्त्री सिंह


  • दस्तावेज

  • काठमाडौँ, १४ कात्तिक नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका उहाँले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताउनुभएको हो ।

    “संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्छ,”– नेता सिंहले भन्नुभयो । आवधिक निर्वाचनले मुलुकलाई राजनीतिक स्थायित्व प्रदान गर्ने भएकाले यसतर्फ गम्भीरताका साथ सोच्न उहाँले मतदातालाई आग्रह गर्नुभयो ।

    पूर्व उपप्रधानमन्त्री सिंहले अवसर पाउँदा कुन राजनीतिक दलले के काम गरिरहेको छ, कुन नेता के गर्दैछन् यी सबैको लेखाजोखा गरेर निर्वाचनमा मतदाताले सही विवेक प्रयोग गर्नुपर्ने सुझाव दिनुभयोे । राजनीतिक अस्थिरताका कारण मुलुकमा सुशासन कायम हुन नसकेको उहाँको भनाइ थियो ।मुलुकको शासन पद्दति सुधार गर्दै युवालाई शिक्षा र रोजगारीको सुनिश्चितताका लागि कांग्रेस सदैव लाग्नेमा नेता सिंहले जोड दिनुभयो । (रासस)

  • १४ कार्तिक २०७९, सोमबार १२:३९ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण