हलोविन भागदौडः एक सय चवन्न जनाको मृत्यु - Dastabej

हलोविन भागदौडः एक सय चवन्न जनाको मृत्यु


  • दस्तावेज

  • सोल, १४ कात्तिकः ÷सिन्ह्वा भूत भगाउने मान्यताका साथ मनाइने पर्व हलोविनका क्रममा शनिवार राति यहाँ भागदौड मच्चिदा ज्यान गुमाउनेको सङ्ख्या एक सय ५४ पुगेको छ भने एक सय ४९ जना घाइते भएका छन् । घाइतेमध्ये ३३ जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्नसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।

    गृह मन्त्रालयका अनुसार उक्त घटनामा २६ जना विदेशीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । कोरियाली सरकारले शनिबारसम्म साताव्यापी राष्ट्रिय शोक घोषणा गरेको छ । राष्ट्रपति युन सुक येओले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

    यसैबीच, कोरियाली प्रहरीले उक्त घटनाको अनुसन्धान थालेको छ । प्रहरीको एक सय ६१ सदस्यीय कार्यदल बनाएर अनुसन्धान थालिएको गृह मन्त्रालयले एक विज्ञप्ति निकालेर जनाएको छ । विशेषज्ञसहितको प्रहरी टोलीले भागदौड मच्चिएको स्थानमा जडित क्यामराले खिचेका दृश्य र सामाजिक सञ्जलामा सम्प्रेषण गरिएका भिडियोलाई विश्लेषण गरेर घटनाको छानबिन प्रारम्भ गरेको हो । भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक व्यवस्थासहितको प्रणाली विकास गरिने प्रधानमन्त्री हान डकसुकले बताउनुभएको छ ।(रासस  )

  • १४ कार्तिक २०७९, सोमबार १३:३४ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण