बर्दिया ५, मंसिर : बर्दियामा सर्वदलीय बैठक सम्पन्न भएपछि दुई निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । क्षेत्र नं १ को मतगणना जिल्ला समन्वय समितिको कार्यालय, गुलरियाको सभाकक्ष र क्षेत्र नम्बर २ को मूल भन्सार कार्यालयको भवनमा भइरहेको छ ।
बैठकमा सहभागी र निर्वाचन अधिकृतबीच लामो छलफल भएपछि दिउँसो सवा २ बजेपछि सुरु भएको हो । बर्दियामा दुई निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार २ सय ८४ मतदाता रहेका छन् ।
आइतबार सम्पन्न मतदानमा ६२ दशमलव ४० प्रतिशत मत खसेको थियो । क्षेत्र नम्बर १ मा १ लाख ६२ हजार ६ सय ६२ रहेको छ । क्षेत्र नम्बर २ मा १ लाख ५३ हजार ६ सय २२ मतदाता रहेका छन् । २ अस्थायी मतदान स्थलसहित ३ सय ७८ मतदान केन्द्र र १ सय ५४ मतदान स्थल थियो । कुल १ लाख ९६ हजार ७ सय ३८ मत खसेको थियो । तीमध्ये सबैभन्दा बढी महिलाले मतदान गरेका थियो ।
मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदीले सकेसम्म चार दिनभित्र प्रतिनिधि र प्रदेशसभाको मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।