खजुरा २०७९ असोज ९ बाँकेको खजुरा गाँउपालिका वडा नं ६मा शुक्रबार ८ जना महिला स्वास्थ्यसेबिका लाई साईकल बितरण गरिएको छ ।स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन वडा ले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ ।
समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवामा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि वडाले साइकिल वितरण गरेको छ ।आज शुक्रबार एक कार्यक्रममार्फत वडा नंं ६ ले ८ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकिल वितरण गरिएको छ ।
साइकिल वितरण गर्दै वडा अध्यक्ष फारुक शेषले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उहाँले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भुमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर्ने प्रतिबद्धता गर्नुभयो ।
वडाले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकतामा राखेकोले स्वास्थ्यमा सम्पुर्ण औषधी र ल्याबको निशुल्क व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा वडा दलित महिला सदस्य एमुना घर्ति परियार , शान्ती शाही , यमदिप घिमिरे , कर्मचारी आदिको सहभागिता रहेको थियो