धनुषामा आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु - Dastabej

धनुषामा आपसी झगडामा कुटपिट हुँदा एक जनाको मृत्यु


  • दस्तावेज

  • घटनामा संलग्न ६ जना पक्राउ

     

    धनुषा १६, मंसिर :  धनुषामा एउटा समूहमा आपसी झगडा हुँदा एक जनाको मृत्यु भएको छ । झगडापछि कुटपिट हुँदा मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    ४२ वर्षीय सुरज यादवसँग जग्गाको विषयमा विवाद भई भएको झगडामा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

     

    घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा, ईलाका प्रहरी कार्यालय धनुषाधाम, ईलाका प्रहरी कार्यालय सबैला र प्रहरी चौकी ललियाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको छ ।

    साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • १६ मंसिर २०७९, शुक्रबार १६:०८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान