देउवाले कोइरालालाई भने– ‘संसदीय दलमा मलाई सघाउनुस्’ - Dastabej

देउवाले कोइरालालाई भने– ‘संसदीय दलमा मलाई सघाउनुस्’


  • दस्तावेज

  • काठमाडौँ २० ,मंसिर :   प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाबीच भेटवार्ता भएको छ । चुनाव जितेर काठमाडौं फर्किएका कोइराला मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

     

    भेटमा देउवा र कोइरालाले एक अर्कालाई बधाई ज्ञापन गरेका थिए भने चुनावी परिणाम र सरकार गठनका विषयमा छोटो कुराकानी भएको थियो ।

     

    भेटमा सभापति देउवाले नेता कोइरालालाई पार्टीको संसदीय दलमा आफूलाई सघाउन आग्रह गरेका छन् ।

    ‘तपाईं के गर्नुहुन्छ ? संसदीय दलको नेता म लड्दैछु, मलाई सघाउनुहोला,’ भेटमा देउवाले कोइरालालाई भनेको उदृत गर्दै सचिवालयले भन्यो । कोइरालाले त्यसबारे सल्लाह गरौँला भनेर जवाफ दिएका छन् । यसअघि निर्वाचनको परिणाम आएलगत्तै कोइरालाले आफू पनि संसदीय दलको नेताका लागि योग्य भएको र प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए ।

  • २० मंसिर २०७९, मंगलवार १२:५९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान