पौडेल–कोइराला भेटवार्ता - Dastabej

पौडेल–कोइराला भेटवार्ता


  • दस्तावेज

  • काठमाडौँ २०, मंसिर :  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र शशांक कोइरालाबीच भेटवार्ता भएको छ । प्रत्यक्षतर्फको निर्वाचन परिणाम आइसकेको र पार्टीभित्र संसदीय दलको नेता चयनका विषयमा बहस चलिरहेका बेला पौडेल र कोइरालाबीच भेटवार्ता भएको हो । मंगलबार बिहान पौडेल महाराजगञ्जस्थित कोइराला निवास पुगेका थिए ।

     

    चुनाव जितेर आएका दुई नेताबीच बधाई साँटासाट भएको सचिवालयले जनाएको छ । नेताहरूबीच समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको थियो । दुवै नेता पार्टीको संसदीय दलको नेताका आकांक्षी छन् ।

     

    दुवैले प्रधानमन्त्रीका लागि दाबी गरिरहेका छन् । तर पार्टीमा भने गत महाधिवेशनदेखि दुवै नेताहरू पाखा लागेका छन् । १४ औँ महाधिवेशनमा चुनाव नलडेका पौडेल र कोइरालाले सभापतिमा शेरबहादुर देउवालाई सघाएका थिए ।

  • २० मंसिर २०७९, मंगलवार १४:३७ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान