कोरोना बीमा रकम दिन नसक्ने भन्दै पुनर्बीमाले प्राधिरणलाई फेरि पठायो पत्र - Dastabej

कोरोना बीमा रकम दिन नसक्ने भन्दै पुनर्बीमाले प्राधिरणलाई फेरि पठायो पत्र


  • दस्तावेज

  •  

    काठमाडौँ —२०, मंसिर :  कोरोना बीमा भुक्तानी सम्बन्धमा थप रकम दिन नसकिने भन्दै नेपाल पुनर्बीमा कम्पनीले बीमा प्राधिकरणलाई पत्र पठाएको छ । कोरोना बीमाको थप रकम भुक्तानी गर्न ताकेता गर्दै प्राधिरणले पठाएको तेस्रो पत्रको प्रत्युत्तरमा पुनर्बीमाले त्यस सम्बन्धमा सञ्चालक समितिमा निर्णय भइनसकेको भन्दै पत्र पठाएको हो ।

     

     

     

    कोरोना बीमा भुक्तानीका सम्बन्धमा दुई वटा पत्र पठाइसक्दा पनि पैसा नआएपछि प्राधिकरणले तेस्रो पटक यही मंसिर १४ मा तीन दिनको म्याद दिएर तेस्रो पत्र पुनर्बीमा कम्पनीलाई पठाएको थियो । त्यही पत्रको प्रत्युत्तरमा पुनर्बीमाले पत्र पठाएको हो । पत्रमा कोरोना बीमा भुक्तानी गर्ने /नगर्नेबारे केही उल्लेख छैन । तीन दिनभित्र पैसा पठाउनु पर्ने प्राधिकरणको पत्र प्राप्त भयो तर, त्यससम्बन्धमा पुनर्बीमाको कुनै निर्णय भइसकेको छैन भन्ने मात्र उल्लेख छ ।

    प्राधिकरणको निर्देशन अनुसार नेपाल पुनर्बीमाले पैसा नदिए पनि कम्पनीहरुले गत मंगलबार देखि नै कोरोना बीमाको भुक्तानी सुरु गरेका छन् । आफूहरुसँग उपलब्ध रकमले पहिलो चरणमा १६ हजार बीमितलाई भुक्तानी गर्ने उनीहरुको तयारी छ । पुनर्बीमा कम्पनीले कोरोना बीमाको रकम भुक्तानी गर्ने/नगर्ने सम्बन्धमा सरकारसँग विवाद बढेपछि नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष रविन्द्र घिमिरेले उक्त पदबाट राजीनामा दिएका थिए । कानुन बमोजिम नेपाल पुनर्बीमा कम्पनीले कोरोना बीमाको थप रकम भुक्तानी गर्न नपर्ने अडान लिँदै आएको छ ।

  • २० मंसिर २०७९, मंगलवार १४:४९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान