मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण - Dastabej

मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण


  • दस्तावेज

  •  

    काठमाडौँ २०, मंसिर :  काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिहरुले मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रूपमा अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट काठमाडौं-१ का सांसद प्रकाशमान सिंहले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेलम्ची खानेपानी आयोजनाको दीर्घकालीन व्यवस्थापन र सन्चालनका लागि सुझावसहित ध्यानाकर्षण गराएका हुन् ।

     

    जनप्रतिनिधिहरुले मेलम्ची खानेपानी विकास समिति ब्युँताउन माग गरेका छन् । ‘मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी छौं । २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँबासीमा चिन्ता छाएको छ,’ काठमाडौंका जनप्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ । काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजना लाई पानी दीर्घकालीन रूपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महसुस भएको छ ।’

     

    जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९।८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज भएको भन्दै आयोजनाको काम कारबाहीमा अन्योलता देखिएको र त्यसबारे निर्णय गर्ने विकास समिति ब्युँताउनुपर्ने आवश्यक रहेको सुझाव दिएका छन् ।

    त्यस्तै, मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुग्नुपर्ने, सीएमसीले राखेका माग कानुनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्नु गराउन आवश्यक निर्णय लिनुपर्ने र कर्मचारीको तलबसुविधालगायतका विषय तत्काल सम्बोधन गर्नुपर्ने माग छ ।

    त्यस्तै, बाढीपहिरोपछि सोको कारणबारे एसियाली विकास बैंकलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरी पेस गरेको प्रतिवेदनको निष्कर्ष अनुसार आयोजना अगाडि बढाउनुपर्ने उनीहरूको माग छ । अहिले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुपर्ने, मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने र मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

     

    ‘मेलम्चीको मुहान क्षेत्रमा अझै बाढिपहिरोको जोखिम रहिरहेको छ । अहिले अस्थायी रूपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं । तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरबासीलगायत सम्पूर्ण नागरिक चिन्तित छौं,’ ज्ञापनपत्रमार्फत् जनप्रतिनिधिले भनेका छन्, ‘तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँ।’

  • २० मंसिर २०७९, मंगलवार १४:५४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान