सेगवेले उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेसन जडान गर्ने - Dastabej

सेगवेले उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेसन जडान गर्ने


  • दस्तावेज

  • काठमाडौँ २०, मंसिर :  सेगवे–नाइनबटले आफ्ना विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न काठमाडौं उपत्यकाभर १० वटा विद्युतीय सवारी चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

     

    सेगवे ब्राण्ड सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको हो । सेगवे–नाइनबटले प्रख्यात दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सावारी साधन बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभी स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले पनि देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेसनहरू जडान थाल्नुपर्ने आवश्यकता रहेको कम्पनीले औंल्याएको छ । ‘चार्जिङ स्टेसनको स्थापनापछि विद्युतीय सवारीसाधन र सेगवेप्रति पनि विश्वास बढ्ने छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • २० मंसिर २०७९, मंगलवार १६:४४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान