अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री - Dastabej

अर्थतन्त्रमा देखापरेका समस्या समाधानमा पहल गर्छु : प्रधानमन्त्री


  • दस्तावेज

  • काठमाडौँ २०, मंसिर :  प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । अध्यक्ष शेखर गोल्छा नेतृत्वको नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरी निजी क्षेत्रका समस्यामा समाधान निकाल्ने बताए ।

     

    प्रधानमन्त्रीले निजी क्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिबद्धता जनाए । महासंघ प्रतिनिधिमण्डलले यसअघि सोमबार एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादीका अध्यक्ष पुुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी निजी क्षेत्रका समस्याबारे जानकारी गराएको थियो । मुख्यत: बैंकको उच्च ब्याजदर, तरलता अभाव, आयातमा गरिएको कडाइ, राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनका विषयमा निजी क्षेत्रले असन्तुष्ट जनाउँदै आएको छ ।

     

    निजी क्षेत्रको लगानी संकुचित भई राजस्व निरन्तर घटेर मुलुकको अर्थतन्त्रमा चाप परिरहेका बेला चालु पुँजी कर्जा मार्गदर्शनले व्यवसायमा जटिलता थपेको भन्दै यसलाई कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने माग महासंघले गरेको छ । त्यस्तै बैंकको ब्याजदर जसरी पनि घटाउनुपर्ने माग महासंघले अघि सारेको छ । तत्काल बजारमा तरलता प्रवाह गर्ने र ब्याजदर घटाउने उपाय सरकार र राष्ट्र बैंकले पहिल्याउनुपर्ने निजी क्षेत्रको माग छ । सवारीसाधन लगायत आयातमा गरिएको प्रतिबन्ध हटाउनुपर्ने महासंघले माग गरेको छ ।

    पुस मसान्तमा पुर्नकर्जा वापतको करिब ६० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुबाट फिर्ता जाने भएकाले यसलाई कम्तीमा एक वर्ष नवीकरणको सुविधा दिइनुपर्ने महासंघको माग छ । अनिवार्य नगद मौज्दात अनुपात घटाउनुपर्ने, सरकारी ढुकुटी प्रयोग गरी तरलता बढाउनुपर्ने, स्थानीय तहको शत प्रतिशत रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरिनुपर्नेजस्ता माग महासंघले अघि सारेको छ ।

  • २० मंसिर २०७९, मंगलवार १६:५१ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान