पत्रकार सुनुवार यूएन स्वेच्छिक कोषको अध्यक्ष चुनिए - Dastabej

पत्रकार सुनुवार यूएन स्वेच्छिक कोषको अध्यक्ष चुनिए


  • दस्तावेज

  • काठमाडौँ २०, मंसिर :  इन्डिजिनियस टेलिभिजनका अध्यक्ष पत्रकार देवकुमार सुनुवार आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सञ्चालक समितिको अध्यक्ष चुनिएका छन् ।

     

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार दुई वर्षका लागि नियुक्त गरेका हुन् । पत्रकार सुनुवार स्विजरल्यान्डको जेनेभामा जारी कोष सञ्चालक समितिको बैठकमा सहभागी छन् । सुनुवार यसअघि कोष सञ्चालनका लागि सुनुवारलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधि सदस्य थिए । उनले महासचिवलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासीहरूको तर्फबाट सल्लाह दिँदै आएका छन् ।

     

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८५ मा आदिवासीहरूका लागि स्वेच्छिक कोष स्थापना गरेको हो । यो कोष संसारभरका आदिवासी जनजातिहरूको मानव अधिकार प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न सभा र सम्मेलन, मानवअधिकारसम्बन्धी समिति र उपसमितिका बैठकहरूमा आदिवासीहरूको प्रतिनिधित्व र सहभागिताका लागि सहयोग पुर्‍याउँदै आएको छ ।

    अन्तर्राष्ट्रिय कानून र मानव अधिकार, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर सुनुवारले मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको मुख्य कार्यालयमा सन् २०१० मा फेलोका रूपमा प्रशिक्षण प्राप्त गरेका छन् ।

  • २० मंसिर २०७९, मंगलवार १६:५४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान