सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो - Dastabej

सेयर कारोबार रकम ४२ प्रतिशत घट्यो


  • दस्तावेज

  • काठमाडौँ २०,मंसिर :  सोमबारको तुलनामा मंगलबार सेयर कारोबार रकम ४२ प्रतिशत घटेको छ । सोमबार १ अर्ब ६७ करोडको कारोबार भएकोमा मंगलबार भने ९६ करोडमा सीमित रह्यो । परिसूचक नेप्से मंगलबार ४.८७ अंकले घटेको छ । सो अंकको कमीपछि नेप्से १९३३ अंकमा कायम भएको छ ।

     

    ६१ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १३ को स्थिर रह्यो । बैंकिङ ५, विकास बैंक २३, फाइनान्स १, होटल तथा पर्यटन ३, जलविद्युत् ८, उत्पादन ३५, निर्जीवन बीमा २७, ब्यापार उपसमूह ६ अंक घटे । अन्य ८, माइक्रोफाइनान्स १२, जीवन बीमा उपसमूह ०.६ अंक बढे । धौलागिरी लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्सको ५.८ तथा हिमालयन बैंकको ४ प्रतिशत मूल्य बढ्यो ।

     

    एनएमबी बैंकको सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, रिडी पावर, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।

  • २० मंसिर २०७९, मंगलवार १६:५८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान