पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसेर मृत्यु - Dastabej

पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसेर मृत्यु


  • दस्तावेज

  •  

    पाल्पा २२, मंसिर /  घर प्लास्टर गर्ने क्रममा खसेर पाल्पाको रामपुरमा २५ वर्षीय गजेश कुसुहवाको बिहीबार मृत्यु भएको छ । रामपुर नगरपालिका–५, बेझाडस्थ्ति दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा पर्सा छिपहरमाई–३, मंगलापुर घर भएका कुसुहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुसुहवालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो ।

     

    थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २२ मंसिर २०७९, बिहीबार १६:०९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान