रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क - Dastabej

रामेछापमा राहदानी आवेदन फाराम प्रशासन कार्यालयमै निःशुल्क


  • दस्तावेज

  • रामेछाप २२, मंसिर / राहदानी लिन आवश्यक पर्ने अनलाइन आवेदन भर्दा सर्वसाधारण ठगिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापले कार्यालयमै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाएको छ । बाहिर फाराम भर्ना अनुचित रकम लिएको गुनासो आएपछि प्रशासन कार्यालयले आइतबारदेखि आफ्नै कार्यालयमा डेस्क राखेर निःशुल्क फाराम भरिदिन थालेको हो । अनलाइनका लागि राहदानी फाराम भर्दा ३ सयदेखि १ हजारभन्दा बढीसम्म लिएको गुनासो प्रशासनमा पुगेको थियो ।

     

    जिल्ला प्रशासन कार्यालय‚ रामेछाप ।
    सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार बाहिरबाट भरेर आउने फारामलाई अब कार्यालयले स्वीकार गर्दैन । कार्यालयको एउटै डेस्कमा काम गर्दा केही समय प्रतीक्षा गर्नुपर्ने भए पनि पैसा नतिरी सेवा उपलब्ध गराइने उनले बताए ।

     

    कार्यालयले बाहिरबाट भरेर ल्याएको फाराम अस्वीकार गर्न थालेपछि राहदानीको काम लिन भने यसअघिको भन्दा बढी समय लाग्न थालेको छ । केही दिनदेखि कार्यालयमा भिड लाग्न थालेको छ । राहदानीकै कामसँग जोडिएको अनलाइन भौचर भर्ने र फोटोकपीलगायत कामका लागि भने बाहिरै निर्भर हुनु परेको छ ।

    अनलाइन फाराम भर्न प्रशासन कार्यालयको डेस्कमा निःशुल्क पाए पनि सर्वसाधारणले राजस्व भौचर भर्न र फोटोकपीलगायत कार्यका लागि बजारमै पुग्नुपर्ने बाध्यता छ । फाराम भर्ने काम खोसिएपछि व्यवसायीहरूले राजस्व भौचर भर्ने काममा पनि सर्वसाधारणबाट बढी पैसा लिन थालेका छन् । केही व्यवसायीहरूले विद्युतीय माध्यमबाट राजस्व जम्मा गरिदिने र त्यस्तो कागज बैंकमा पुर्‍याएर प्रमाणित गराउन थालेका छन् । उक्त कार्यका लागि पनि १ सय रुपैयाँ लिन थालेको गुनासो सर्वसाधारणको छ ।

    जिल्ला प्रशासन कार्यालयले भने सर्वसाधारणका लागि सहज सेवा उपलब्ध गराउन अर्को डेस्कसमेत थप्ने तयारी थालेको छ । यसअघि जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने विभिन्न खाले निवेदन र अनुसूचीहरू प्रशासन आफैँले छापेर निःशुल्क दिँदै आएको थियो ।

  • २२ मंसिर २०७९, बिहीबार १६:१३ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान