कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त - Dastabej

कर्मचारी सञ्चय कोषको प्रशासकमा धिताल नियुक्त


  • दस्तावेज

  •  

    काठमाडौँ २२, मंसिर / सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकमा जितेन्द्र धिताललाई नियुक्त गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले धितालाई प्रशासकमा नियुक्त गर्ने निर्णय गरेको हो । ०७८ भदौ देखि कोषको निमित्त प्रशासकका रुपमा काम गर्दै आएका धिताललाई सरकारले आगामी पाँच वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो ।

     

    कोषमा प्रशासक छनोटका लागि अर्थ मन्त्रालयले एक सिफारिस समिति बनाएको थियो । समितिले आवेदन दिएका मध्येबाट तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस भएका तीन जनामध्ये सरकारले धिताललाई नियुक्त गर्ने निर्णय गरेको हो । धिताल चार्टर्ड एकाउन्टेन्ट हुन् । ०६५ सालमा चार्टर्ड एकाउन्टेन्टका रुपमा धिताल कर्मचारी सञ्चय कोषको जागिरमा प्रवेश गरेका हुन् । उनले अर्थशास्त्र र सूचना प्रविधिमा स्नातकोत्तर गरेका छन् ।

  • २२ मंसिर २०७९, बिहीबार १६:१८ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान