नेपालगन्ज । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजनाले सरकारले टोकेको समर्थन मूल्यमा धान खरिद गर्न चाहने शहकारीलाई कार्यालयमा सुचिकृत हुनका लागि सुचना अब्हान गरेको छ ।
परियोजना प्रमुख राकेश ओझाका अनुसार कार्यालयले पहिलो पटक गएको असोज १२ गते १५ दिने सुचना निकालेर धान खरिद गर्न चाहने इच्छुक शहकारीलाई कार्यालयमा सुचिकृत गर्न अब्हान गरिएको थियो । उक्त सुचनाका अधारमा एउटा मात्रै शहकारी धान खरिदका लागि सुचिकृत भएको छ । एउटा मात्रै सहकारी कार्यालयमा सुचिकृत भएपछि कार्यालयले पुनः मंसिर २७ गते दोस्रो पटक ७ दिने सुचना जारी गरिएको प्रमुख ओझाले बताए ।
सुचिकृत भएको सहकारीले टोकिएको समर्थन मुल्यमा धान खरिद गरेमा सरकारले पलेदारी तथा भण्डारण खर्च स्वारुप प्रति क्विन्टल १ सय १२ रुपैया अनुदान दिने छ । सरकारले धानको समर्थन मुल्य, मोटा धान २ हजार ९ सय ६७ रुपैया, मध्यम धान ३ हजार एक सय २८ रुपैया टोकेको छ ।
जिल्ला स्तरमा धान खरिदका लागि प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना नेपालगन्जले गर्ने कार्यालयले जानाएको छ । एक सिजनमा कुनै पनि शहकारीले अधिकतम ५ हजार मेट्रिकटनसम्म खरिद गरेको धानको अनुदान उपलब्ध गराउने व्यवस्था रहेको कार्यालयका अधिकृत तथा सुचनाअधिकारी गणेश यादवले बताए ।
त्यो भन्दा बढी परिणाममा धान खरिद गर्न आवश्यक शहकारीले जिल्ला कार्यान्वयन समितिबाट पुर्वा स्विकृति लिनु पर्ने यादवले बताए ।