२ पौष २०७९ बढैयाताल बर्दिया , बर्दियाको बढैयातालमा बाल अधिकार संरक्षण र कार्य प्रवाह सम्बन्धि तिन दिने तालिम संचालन भएको छ ।
पालिका स्तरिय बाल अधिकार समितिलाई बाल संरक्षण नीति , कानुनी प्राबधान र घटना ब्यबस्थापन सम्बन्धि क्षमता बिकास गर्ने उद्देश्यले तिन दिने तालिमको आयोजना गरिएको हो ।
प्लान ईन्टरनेश्नल नेपालको सहयोगमा बाके यूनेस्को क्लबको बाल बिवाह , चाडैहुने बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत शुक्रवार देखि आईतवार सम्म तालिम सञ्चालन हुने क्लबले जनाएको छ ।
बढैयाताल गाउँ पालिकाकी उपाध्यक्ष लक्ष्मि अधिकारीकोे अध्यक्षतामा तथा बाँसगढी नगर पालिकाकी उप प्रमुख तथा ईन्दिरा चौधरीकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा आयोजक संस्था बाके यूनेस्को क्लबका उप निर्देशक महेश नेपालीले कार्यक्रमको उद्देश्य माथि प्रकास पार्दै बिश्वका धेरै देशले बाल अधिकार समिति लाई कार्यान्वयनमा ल्याएको भन्दै यदी बाल बालिकाको क्षेत्रमा विकास गर्न नसके देशको पनि बिकास हुन नसक्ने बताए । नेपाल बाल अधिकार सम्बन्धि महासन्धीको पक्षराष्ट्र भएको बताउदै राज्यका संयन्त्रलाई बाल अधिकार सम्बन्धि जिम्मेवार बनाउन र स्थानिय बाल अधिकार समितिको क्षमता बिकास गर्ने उद्देश्यले तालिमको आयोजना गरेको उप निर्देशक नेपालीले बताए ।
तालिममा बाँसगढी नगर पालिका र बढैयाताल गाउँ पालिकाका बाल अधिकार समितिका सदस्य , दुबै पालिकाका महिला शाखा, स्वास्थ्य शाखा र शिक्षा शाखाका प्रतिनिधी, इलाका प्रहरी कार्यालयका बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द, ईलाका प्रहरी कार्यालय मैनापोखरका प्र.ना.नि. बेद बहादुर भण्डारी , जन प्रतिनिधी, नागरिक समाजका प्रतिनिधी पत्राकार लगाएतको सहभागिता रहेको जनाएकाे छ ।
तिन दिन सम्म संचालन हुने उक्त तालिमकाे सहजिकरण प्रशिक्षक जगदिश सिङले गर्ने क्लबकी फिल्ड अधिकृत लक्ष्मि चौधरीले जानकारी गराईन ।