पुस २ नेपालगन्ज । एक बालकलाई ठक्कर दिएर फरार भएको मोटर साईकल चालकलाई खोजि गर्ने कोहलपुर प्रहरीले प्रतिबद्धता जनाएपछी बैजनाथ गाउ पालिका वाड नं १ चिसापानी स्थिति कोहलपुर सुर्खेत रोड सुचारु भएको छ । स्थानीयले मोटरसाइकल चालकलाई कामकारबाहीको माग गर्दै आज चक्का जाम गरेका थिए । चक्काजामका कारण सुर्खेत जाने र नेपालगंज फर्कने बटुवा हरु लाई सास्ती भएको थियो । मोटर साईकलले ठक्कर दिएर घाइते भएको बालकको स्वाथ्य अवस्था गम्भीर छ । प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जनाएको छ ।