‘मेट्रो रेल नल्याई सुखै छैन’ - Dastabej

‘मेट्रो रेल नल्याई सुखै छैन’


  • दस्तावेज

  • १५ वर्षपछि उपत्यकाको जनसंख्या ६० लाख पुग्ने भएकाले अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि मेट्रो अपरिहार्य : मेयर महर्जन

    ललितपुर ३, पुस  : ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले काठमाडौं उपत्यकामा अब मेट्रो रेल सञ्चालनका लागि आवश्यक तयारी सुरु गर्नुपर्ने बताएका छन् । मोटरसाइकल ल्याएर उपत्यकामा ट्राफिक जाम बढाउनुको सट्टा मेट्रो रेल सञ्चालन अबको आवश्यकता रहेको उनले बताए ।

     

    शनिबार ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसका अवसरमा महर्जनले उपत्यकामा मेट्रोको विकल्प नरहेको भनाइ राखेका हुन् । ‘मेट्रो रेल धेरै महँगो छ भनेर पछि हट्नु पनि भएन,’ उनले भने । अन्तर्राष्ट्रिय अध्ययनअनुसार पनि ३० लाख जनसंख्या भएको ठाउँका लागि मेट्रो अपरिहार्य रहेको भन्दै उनले यसमा ढिलाइ गर्न नहुने बताए । सरकारको अनुहार हेरेर कहिल्यै सम्भव नहुने भन्दै उनले काठमाडौं र ललितपुर महानगरपालिका लगायत उपत्यकाका १८ वटै पालिकाको भूमिका यसमा हुनुपर्नेमा जोड दिए ।

     

    मेट्रो रेल सञ्चालनका लागि विशेषगरी काठमाडौं महानगरपालिकाले प्रमुख भूमिका रहनुपर्ने उनको भनाइ थियो । ‘काठमाडौं उपत्यकामा अब मेट्रोको विकल्प छँदै छैन । मेट्रो चलाउनैपर्छ । आज निर्णय गर्न सक्यौं भने अर्को १० देखि १५ वर्षसम्ममा त्यो सकिन्छ,’ उनले भने, ‘अबको १५ वर्षपछि काठमाडौं उपत्यकाभित्रको जनसंख्या ६० लाख पुग्छ । यसको विकल्प के त ? यही मोटरसाइकल ल्याउने ? यसको निमित्त हामीले मेट्रो नल्याईकन सुखै छैन ।’

  • ३ पुष २०७९, आईतवार १०:४२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान