डाँडाको बस्तीमा खानेपानी र सिँचाइ - Dastabej

डाँडाको बस्तीमा खानेपानी र सिँचाइ


  • दस्तावेज

  • जुम्ला ३, पुस :  आकाशेपानीको भरमा खेती गरिरहेका तिला गाउँपालिका–२ का हरिलाल रावतले केही वर्ष खडेरीका कारण जग्गा नै बाँझो राखे । ‘खडेरी परेको पर्‍यै हुनाले बाली लगाए पनि उब्जनी भएन । त्यसैले २/३ वर्ष त जग्गा बाँझो नै राखे । उनले भने, ‘तिला नदी तल र गाउँ माथि हुँदा सिँचाइ र खानेपानीको लामो समय ठूलो अभाव भइरह्यो ।’

     

    जुम्लाको तिला –२ मा निर्माण भएको लिफ्ट खानेपानी तथा सिँचाइ योजना । तस्बिर : डीबी/कान्तिपुर
    उनका छिमेकी धनबहादुर रावत झन् सिँचाइ समस्या नहुँदा आफ्नो ७ रोपनी जग्गा बाँझो राखेर जीविकोपार्जनका लागि झण्डै ५ वर्ष भारतमा गए । ‘सिँचाइ नहुँदा आफ्नो उत्पादनले खान नपुग्ने, परिवार पाल्नै समस्या भएपछि भारतमा मजदुरी गर्न पनि गइयो,’ उनले भने, ‘कुनै बेला गाउँ तलको तिला नदीको पानी हेरेर चित्त बुझाउनुपर्ने बाध्यता थियो ।’ लिप्ट सिँचाइ योजनामार्फत गाउँमा पानी पुगेपछि उनीहरू अहिले भने दंग छन् । गाउँमा खानेपानीको अभाव भएकाले सिँचाइकै पानीलाई स्थानीयले शुद्धीकरण गरेर पिउन थालेका छन् । अहिले लामो समयदेखि बाँझो रहेका तिला–२ लिही र लर्मी गाउॅका जग्गाहरू हरियालीमा परिणत भएका छन् । ‘न अब सिँचाइको समस्या रह्यो न खानेपानीको,’ धनबहादुरले भने, ‘सबैले पाखोबारीमा विभिन्न तरकारीसँगै स्याउ र ओखर रोप्ने तयारी थालेका छौं ।’ सार्वजनिक जग्गामा धुपी, सल्लो र देवदारका बिरुवा रोपण गरेर हरियाली बनाउने स्थानीयको योजना छ ।

     

    लिप्ट गरेर तिला नदीको पानी ३ सय ७० मिटरको उचाइमा लगिएको हो । जसका लागि एक लाख लिटरको ठूलो रिजर्भ ट्यांकी बनाइएको छ । ३०/३० हजार लिटरका ४ वटा ट्यांकी बनाइएको छ । ट्यांकीमा जम्मा भएको पानीलाई पाइपमार्फत किसानहरूको खेतहरूमा पुर्‍याइएको सहयोगी निकाय पेस नेपालका अध्यक्ष किशोर न्यौपानेले बताए । उनका अनुसार लिप्टबाट प्रतिसेकेण्ड ७ लिटर पानी ट्यांकीमा खस्ने गरेको गरेको छ । जसका लागि १ हजार ३ सय २० मिटर जीआइ पाइप र ४ हजार मिटर एचडी पाइप जडान गरिएको उनले जानकारी दिए । योजनाबाट ३२ हेक्टर जमिन सिञ्चित भएको उनको भनाई छ । ‘स्थानीयले घरघरमा प्लास्टिक टनेलको प्रयोग गरी हरियो तरकारी उत्पादन गर्न थालेका छन्,’ उनले भने, ‘अन्तर खेती प्रणालीको माध्यमबाट उत्पादकत्व बढाउन प्रयास सुरु गरिएको छ ।’

    योजनाबाट ३ सय ३८ घरधुरी लाभान्वित भएको उनले बताए । उनका अनुसार १ करोड ३५ लाख रुपैयाँमा सिँचाइ योजना निर्माण भएको हो । लिप्ट गरेर गाउॅभन्दा माथि पनि पानी तानिएकोले आगलागीजन्य प्रकोपका घटना न्यूनीकरणमा सहयोग मिल्ने अपेक्षा गरिएको उनले बताए ।

  • ३ पुष २०७९, आईतवार ११:१६ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान