कर्मचारीद्वारा पालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प - Dastabej

कर्मचारीद्वारा पालिकाको कामकाज अनिश्चितकालका लागि ठप्प


  • दस्तावेज

  •  

    सल्यान ३, पुस :  जिल्लाको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले पालिकाबाट दिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प पारेका छन् । योजना अनुगमन गर्न गएका पालिकाका इन्जिनियरलाई योजनाको काम गर्दै आएका ठेकेदारका आफन्तले कुटपिट गरेपछि त्यसको विरोध गर्दै कर्मचारीले आइतबारदेखि सम्पूर्ण सेवा ठप्प पारेका हुन् ।

     

    ठेकेदारका आफन्तले इन्जिनियर कुटपिट गरेपछि कामकाज ठप्प पारिएको सिद्धकुमाख गाउँपालिकाको कार्यालय । तस्बिर : विप्लव महर्जन/कान्तिपुर
    कर्मचारीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नहुँदासम्म आफूहरू सेवामा नफर्किने बताएका छन् । पालिका कार्यालयको कामकाज नै ठप्प भएपछि गाउँपालिकाका सर्वसाधारण सेवाबाट वञ्चित भएका छन् । यसले गर्दा योजना सञ्चालन तथा सम्झौतासमेत प्रभावित भएका छन् ।

     

    गाउँपालिकाका इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा ओली वडा नं. २ को वडा कार्यालय भवनको ढलान कार्यको अनुगमन गर्न गएको समयमा ठेकेदार कम्पनीले मापदण्डविपरीत काम गरिरहेको र मापदण्डअनुसार काम गर्न आग्रह गर्दा ठेकेदार डम्मर तिरुवाका ३० वर्षीय छोरा सञ्जयकुमार तिरुवाले शनिबार दिउँसो उनीहरूमाथि कुटपिटका साथै दुर्व्यवहार गरेका थिए ।

    निष्पक्ष रुपमा काम गरिरहेका प्राविधिकलाई कुटपिट गर्ने तिरुवालाई कारबाही नहुँदासम्म गाउँपालिका र वडा कार्यालयबाट कुनै सेवा प्रवाह नगर्ने प्रमुख प्रशासकीय अधिकृत मार्सलकुमार ओलीले बताए । कार्यपालिकाको बैठकले समस्या समाधान भए र भयरहित वातावरणमा काम गर्ने अवस्था सिर्जना भए मात्र सेवामा फर्किने जानकारी दिए । पालिकाका ईन्जिनियर बस्नेतमाथि भएको अमर्यादित, अभद्र र आपराधिक कार्यप्रति खेद प्रकट गरेका छन् ।

    यसअघि पनि कार्यालयका कर्मचारी काममा रहेको समयमा पटक-पटक अमर्यादित, अभद्र र आपराधिकजस्ता खेदजनक क्रियाकलाप दोहोरिइरहेकाले कर्मचारीलाई निष्पक्ष र भयरहित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसमक्ष उनले आग्रह गरेका छन् । उनले राष्ट्रसेवक कर्मचारीको शान्ति र सुरक्षाको समेत माग गरेका छन् ।

     

    योजनाको काम गर्दै आएका ठेकेदारका छोराले इन्जिनियरमाथि गरेको हातपात निन्दनीय भएको गाउँपालिका अध्यक्ष भरतकुमार गिरीले बताए । कर्मचारीमाथि दुर्व्यवहार गर्नेजस्ता कार्य आउँदा दिनमा हुन नदिन पालिकाबाट प्रयास भइरहेको उनले जानकारी दिए । दोषीलाई सजाय दिने प्रतिबद्धता जनाउँदै उनले कर्मचारीलाई काममा फर्कन आग्रह गरका छन् । ‘गलत काम गर्ने कोही पनि उम्किन पाउँदैन‚’ उनले भने ।

  • ३ पुष २०७९, आईतवार १४:०४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान