रामकुमार पाँडेलाई ‘पद्मा–श्याम गोतामे पुरस्कार’ - Dastabej

रामकुमार पाँडेलाई ‘पद्मा–श्याम गोतामे पुरस्कार’


  • दस्तावेज

  • काठमाडौँ ३, पुस :  नेपाली हाँस्यव्यंग्य साहित्यका धरोहर श्याम गोतामे र उनकी पत्नी पद्मा गौतमको नामबाट स्थापना गरिएको ‘पद्मा–श्याम गोतामे पुरस्कार’ हाँस्यव्यंग्य लेखक, निबन्धकार रामकुमार पाँडेलाई प्रदान गरिएको छ ।

     

    नेपाल स्रष्टा समाजले अघिल्लो बुधबार गरेको कार्यक्रममा गोतामे पत्नी गौतमले पाँडेलाई सम्मानपत्रसहित नगद २१ हजार रुपैयाँ हस्तान्तरण गरिन् । सम्मानित पाँडेले श्याम गोतामे खरो, निडर र तिखो व्यंग्य गर्ने व्यक्तित्वका रुपमा स्मरण गरे । उनले भने, ‘उहाँ आफ्नै बुबालाई समेत भ्रष्टाचारको मुद्दा हाल्ने एक अनौठो व्यक्तित्व हुनुहुन्थ्यो ।’ गोतामेकी छोरी रेनु गौतमले आफ्नो बुबाको हाँस्यव्यंग्यमा पुर्‍याएको योगदानले अन्य व्यक्तिमा उत्पेरणा पाएमा बुबाको आत्माले शान्ति पाउनेछ भन्ने हेतुले पुरस्कार स्थापना गरिएको बताइन् । स्रष्टा समाजले हरेक वर्ष हाँस्यव्यंग्य कलाकारलाई यस पुरस्कार प्रदान गरिने छ ।

     

    कार्यक्रममा नाट्यकर्मी अशेष मल्ल, साहित्यकारहरु विधान आचार्य, श्रीओम श्रेष्ठ, राधेश्याम लेकाली, धिरेन्द्र प्रेमर्षी, देविका तिमल्सिना लगायतकाले गोतामेको योगदानको चर्चा गरे ।

  • ३ पुष २०७९, आईतवार १४:१४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान