देउवाको ध्यान सत्तामा, सदस्यले मागे केन्द्रीय समिति बैठक - Dastabej

देउवाको ध्यान सत्तामा, सदस्यले मागे केन्द्रीय समिति बैठक


  • दस्तावेज

  • काठमाडौँ ३, पुस :  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि दलहरूको ध्यान सरकार गठन र शक्ति बाँडफाँटमा छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि पार्टीको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने दौडमा छन् ।

     

    चुनावको पूर्ण परिणाम सार्वजनिक भइसक्दा पनि निर्वाचन परिणामको समीक्षाबारे कांग्रेसमा छलफल भएको छैन । आइतबार पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक छ । चुनावपछि मात्रै कार्यसम्पादन समितिको यो दोस्रो बैठक हो । देउवाले यही बीचमा पटक पटक पदाधिकारी बैठकसमेत बोलाएका छन् । तर देउवाको ध्यान सत्तामा मात्रै केन्द्रीत भइरहेका बेला उनीनिकटकै केन्द्रीय सदस्यहरूले भने केन्द्रीय समितिको बैठक बोलाएर त्यसबारे छलफल गर्नुपर्ने माग गरेका छन् ।

     

    चुनावबाट कांग्रेस पहिलो दल बनेको भए पनि पार्टीको मत विगतभन्दा घटेको स्मरण गराउँदै नेताहरूले त्यसबारे गम्भीर समीक्षा गर्नुपर्ने र भावी रणनीति बनाएर पार्टीलाई सशक्त बनाउने अभियान सञ्चालन गर्नुपर्ने माग गरेका छन् । केन्द्रीय सदस्य नैनसिंह महरले निर्वाचनको परिणाम आइसकेपछि पार्टीले त्यसको समीक्षा गरेर अघि बढ्नुपर्नेमा पूर्ण ध्यान सत्तामा मात्रै केन्द्रित भइरहेको बताए ।

    नेताहरूले पार्टीमा कार्यसम्पादन समिति र पदाधिकारीहरूले निर्णय लिने अभ्यास गर्दा केन्द्रीय कार्यसमिति कमजोर बनेको र केन्द्रीय सदस्यहरू भूमिकाविहीन बनेको गुनासो समेत गरेका छन् ।

    केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँलगायतले मोर्चाबन्दी नै गरेर पार्टीमा अन्य संरचनाहरूजस्तै केन्द्रीय कार्यसमितिलाई सक्रिय बनाउन र महत्त्वपूर्ण विषयहरूमा केन्द्रीय समितिमै छलफल गर्ने अभ्यास गर्न माग गरेका छन् ।

     

    केन्द्रीय सदस्य विश्वकर्माले संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठक बोलाउन माग गरिएको बताए । मोर्चाबन्दीमा उत्रिएका सबै नेता संस्थापन समूहकै हुन् । तर संस्थापन पक्षभित्र समेत केही नेताको एकाधिकार रहेको र त्यसको क्षति पार्टीमा परिरहेको उनीहरूको आरोप छ । नेता महरले आफूहरूले पार्टीको संगठन सुदृढीकरण र सशक्तीकरणका लागि दबाब अभियान चलाउने बताए ।

  • ३ पुष २०७९, आईतवार १४:१७ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान